
बाजुरा— प्रतिनिधिसभा सदस्य पदका लागि भएको निर्वाचनमा नेपाली काँग्रेसका उम्मेदवार जनक राज गिरी विजयी भएका छन्। अन्तिम मतपरिणामअनुसार गिरीले १७ हजार १७३ मत प्राप्त गर्दै प्रतिस्पर्धीहरूलाई पछि पार्दै बाजुराबाट प्रतिनिधिसभामा निर्वाचित भएका हुन्।
उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेदवार लाल बहादुर थापाले १६ हजार ६३३ मत प्राप्त गरेका छन्। गिरीले थापालाई ५४० मतान्तरले पराजित गरेका हुन्। निर्वाचनमा अन्य उम्मेदवारहरू मध्ये राष्ट्रिय स्वतन्त्र पार्टीका हेमराज थापाले ६ हजार ३५ मत, नेकपाका उम्मेद्धार प्रकाश शाहले ३ हजार ४२८ मत प्राप्त गरेका छन्।
त्यसैगरी अन्य उम्मेदवारहरूको मत परिणाम यस प्रकार रहेको छः
केशर बहादुर शाही (हलो) – ३५२
दिपक बिसी (आँखा) – ९७
भुपेन्द्र ल्वार (गुलाफ) – ३३३
उपेन्द्र शाही (भंगेरो) – ७२
मुख्य निर्वाचन कार्यालय बाजुराका अनुसार कुल ८७ हजार ८६१ मतदाता रहेका थिए। तीमध्ये ४५ हजार २४२ मत खसेको थियो। खसेको मतमध्ये ४३ हजार ८९६ मत सदर भएका छन् भने १ हजार ३४६ मत बदर भएका छन्।


