बिहिबार, जेष्ठ २१, २०८३
  • होमपेज
  • देश/प्रदेश
  • बाजुराकाे पछिल्लाे मतपरिणाम: कांग्रेसका उम्मेद्धवार गिरीकाे अग्रता कायमै

बाजुराकाे पछिल्लाे मतपरिणाम: कांग्रेसका उम्मेद्धवार गिरीकाे अग्रता कायमै

  • शनिबार, फाल्गुन २३, २०८२
सेयर गर्नुहोस् :
बाजुराकाे पछिल्लाे मतपरिणाम: कांग्रेसका उम्मेद्धवार गिरीकाे अग्रता कायमै

बाजुरा— बाजुरा प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणनाको पछिल्लो अपडेट सार्वजनिक भएको छ। हालसम्मको गणनाअनुसार नेपाली कांग्रेसका उम्मेदवार जनक गिरी (रुख) ८ हजार ६ सय ८७ मतसहित अग्रस्थानमा रहेका छन्।

नेकपा एमालेका उम्मेदवार लालबहादुर थापा (सूर्य) ले ८ हजार २ सय १७ मत प्राप्त गर्दै गिरीलाई पछ्याइरहेका छन्। यी दुई उम्मेदवारबीच हाल ४ सय ७० मतको अन्तर रहेको छ।

अन्य उम्मेदवारतर्फ राष्ट्रिय स्वतन्त्र पार्टीका हेमराज थापा (घण्टी) ले ३ हजार ४ सय ९५ मत प्राप्त गरेका छन् भने प्रकाश शाह (तारा) ले १ हजार ७ सय ७१ मत पाएका छन्। यसैगरी केशर शाही (हलो) ले १ सय ८७ मत, दिपक डिसी (आँखा) ले ८६ मत, भुपेन्द्र विक (गुलाब) ले १ सय ७४ मत र उपेन्द्र शाही (भंगेरो) ले ५९ मत प्राप्त गरेका छन्।

बाँकी मतगणना जारी रहेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।

चर्चामा

सम्बन्धित समाचार