
बाजुरा—बाजुरामा आज साँझ ७ बजेबाट मतगणना सुरु गर्ने निर्णय भएको छ । शुक्रबार दिउँसो ३ बजे मुख्य निर्वाचन अधिकृतको कार्यालयमा बसेको सर्वदलीय बैठकले उक्त निर्णय गरेको हो ।
बिहीवार भएको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि ८७ हजार ८६१ मतदाता रहेको बाजुरामा ४५ हजार ३९० अर्थात ५१.६६ प्रतिशत मत खसेको छ । जसमा महिला २४ हजार ११८ र पुरुष २१ हजार २७२ छन् । त्यस्तै जिल्लाका एक सय १८ वटै मतदान केन्द्रका मतपेटिका सदरमुकाम मार्तडी पुगेका छन् ।
एक मात्रै प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र रहेको बाजुरामा एक स्वतन्त्रसहित ८ जना उम्मेदवार छन् ।


