बिहिबार, जेष्ठ २१, २०८३
  • होमपेज
  • देश/प्रदेश
  • बाजुराको गुम्बाबाट हेलिकप्टरमार्फत मतपेटिका ल्याइयो

बाजुराको गुम्बाबाट हेलिकप्टरमार्फत मतपेटिका ल्याइयो

  • बिहिबार, फाल्गुन २१, २०८२
सेयर गर्नुहोस् :
बाजुराको गुम्बाबाट हेलिकप्टरमार्फत मतपेटिका ल्याइयो

बाजुरा—बाजुराको सर्वाधिक विकट हिमाली गाउँपालिका ३ गुम्बा स्थित हिमालभक्ति आवि मतदान केन्द्रका मतपेटिका हेलिकप्टरमार्फत सदरमुकाम मार्तडी ल्याइएको छ । बिहीवार प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि भएको मतदान सम्पन्न पश्चात् हेलिकप्टरमार्फत मतपेटिका मार्तडी ल्याइएको प्रमुख जिल्ला अधिकारी डोरेन्द्र निरौलाले बताए । उनका अनुसार ७३ मतदाता रहेको गुम्बा मतदान केन्द्रमा ४० मत खसेको छ भने मतपेटिका साढे ५ बजे याँहा पुगाइएको हो ।

त्यस्तै सोही गाउँपालिकाका बाम, बौडी र बिच्छ्या गरी तीन वटा मतदान केन्द्रका मतपेटिका पनि शुक्रबार बिहान हेलिकप्टरबाटै ल्याइने प्रमुख जिल्ला अधिकारी निरौलाले जानकारी दिए । गुम्बासहित ती मतदान केन्द्रमा अहिलेसम्म सडक सञ्जाल समेत पुगेको छैन् ।

यस्तै जिल्लाका अन्य मतदान केन्द्रका मतपेटिकाहरु भने आजै रातिसम्म सदरमुकाम ल्याइने र सर्वदलीय बैठक बसेर भोलिबाट मतगणना सुरु गर्ने तयारी गरिएको जनाएको छ ।

चर्चामा

सम्बन्धित समाचार