बिहिबार, जेष्ठ २१, २०८३
  • होमपेज
  • देश/प्रदेश
  • सर्लाहीमा ड्युटीमा खटिएका मतदान अधिकृतको मृत्यु

सर्लाहीमा ड्युटीमा खटिएका मतदान अधिकृतको मृत्यु

  • बुधबार, फाल्गुन २०, २०८२
सेयर गर्नुहोस् :
सर्लाहीमा ड्युटीमा खटिएका मतदान अधिकृतको मृत्यु

प्रतिनिधि सभा निर्वाचनको तयारी तीव्र भइरहेका बेला सर्लाहीमा खटिएका एक मतदान अधिकृतको मृत्यु भएको छ । सर्लाहीको पर्सा गाउँपालिका–४ स्थित जिगडवा आधारभूत विद्यालयमा स्थापित मतदान केन्द्र ‘क’मा मतदान अधिकृतको जिम्मेवारी सम्हालिरहेका ४५ वर्षीय रघुनाथ महतो मंगलबार दिउँसो अचानक बेहोस भएका उनलाई तत्कालै प्रादेशिक अस्पताल मलंगवा पुर्‍याइएको थियो।

उपचारकै क्रममा दिउँसो करिब ३ बजेतिर चिकित्सकले मृत घोषणा गरेको मुख्य निर्वाचन अधिकृत पुष्पराज थपलियाले जानकारी दिएका छन् । चिकित्सकका अनुसार मृत्युको यथार्थ कारण पोस्टमार्टमपछि मात्रै स्पष्ट हुनेछ । महतोको शव हाल अस्पतालमै राखिएको छ ।

चर्चामा

सम्बन्धित समाचार