शुक्रबार, फाल्गुन १५, २०८२
  • होमपेज
  • बाजुरा बिशेष
  • निर्वाचन तयारीका लागि नमुना मतदान

निर्वाचन तयारीका लागि नमुना मतदान

  • शुक्रबार, फाल्गुन १५, २०८२
निर्वाचन तयारीका लागि नमुना मतदान

बाजुरा– आगामी फागुन २१ गते हुने चुनावको तयारी स्वरुप निर्वाचनमा खटिने मतदान अधिकृत र सहायक मतदान अधिकृतका लागि सदरमुकाम मार्तडीमा नमुना मतदान अभ्यास गरिएको छ । निर्वाचनमा अपनाउनुपर्ने सतर्कता र पूर्व तयारीबारे जानकारी गराउने उद्देश्यले  बिहीबार मालिका माबिको प्रङ्गणमा नमुना मतदान अभ्यास गरिएको हो ।
निर्वाचनमा खटिने मतदान अधिकृत र सहायक मतदान अधिकृतहरूलाई तालीम पश्चात् नमुना मतदान अभ्यास गरिएको मुख्य निर्वाचन अधिकृत संजिव पोख्रेलले बताए । ‘नमुना मतदानले नयाँ मतदान अधिकृतलाई निकै सहज बनाएको छ,’ उनले भने, ‘निर्वाचन पूर्व गर्नुपर्ने तयारी, निर्वाचनको समयमा अपनाउनुपर्ने सतर्कता र चुनाव सकिएपछि मतपेटिका शील गर्ने तरिका प्रदर्शन गरिएको ।’ र निर्वाचनको बेला मतदान अधिकृतले परिचालन गर्ने कर्मचारी, सुरक्षाकर्मी, स्वयंसेवकको परिचालन र मतपेटिका र मतपत्रको सुरक्षा लगायतका विषयमा नमुना मतदान मार्फत निर्वाचन टोलीलाई स्पष्ट पारिएको प्रमुख जिल्ला अधिकारी डोरेन्द्र प्रसाद निरौलाले बताए ।

नमुना मतदानबाट निर्वाचनको दिन गर्नुपर्ने पूर्व तयारी र अपनाउनुपर्ने सजकता बारे व्यवहारिक रूपमा बुझ्न पाइएको मतदान अधिकृतहरुले बताएका छन । बाजुरा जिल्लामा ७ सय ९ जना कर्मचारी खटाइने मुख्य निर्बाचन अधिकृतकाे कार्यालय बाजुराले जनाएकाे छ । । मुख्य निर्वाचन अधिकृत्तकाे कार्यालयका अनुसार जिल्लाका १ सय १८ ओटै मतदान केन्द्रमा मतदान अधिकृत र सहायक अधिकृत सहित बढीमा ६ जनासम्म कर्मचारीहरु खटाइएको जनाएकाे छ। सदरमुकाम मार्तडीको डिभिजन वन कार्यालयमा अस्थायी मतदान स्थल तोकीएको छ । अस्थायी मतदान स्थलमा ४ जना कर्मचारी खटाउने तयारी गरिएको छ ।
बाजुरा जिल्लामा कुल ८७ हजार ८ सय ६१ मतदाता कायम भएका छन् । जसमा ४५ हजार ४ सय २८ पुरुष, ४२ हजार ४ सय ३१ महिला र २ अन्य मतदाता रहेका छन् । एक मात्र प्रतिनिधिसभा निर्वाचन क्षेत्र रहेको बाजुरामा ७ राजनिति दल सहित १ जना स्वतन्त्र गरी ८ जना उम्मेद्धार चुनावी प्रतिस्पर्धामा रहेका छन् ।

चर्चामा

सम्बन्धित समाचार