मङ्लबार, फाल्गुन १२, २०८२
  • होमपेज
  • बुढिनन्दा
  • कोल्टीको दानसाघुँ खोलामा बेलिब्रिजको निर्माण कार्य धमाधम हुदैँ

कोल्टीको दानसाघुँ खोलामा बेलिब्रिजको निर्माण कार्य धमाधम हुदैँ

  • मङ्लबार, फाल्गुन १२, २०८२
कोल्टीको दानसाघुँ खोलामा बेलिब्रिजको निर्माण कार्य धमाधम हुदैँ

टेक बहादुर बुढा—बाजुराको बुढीनन्दा नगरपालिकामा रहेको दानसाघुँ खोलामा बेलिब्रिज निर्माणको काम धमाधम भइरहेको छ । बाजुराको बडिमालिका नगरपालिका अन्तर्गत साँफे–मार्तडी सडकखण्डको जडाङ्गमा रहेको बेलिब्रिज लामो समय देखि बुढीगंगा नदीमा थन्किएको थियो ।

लामो समयपछि उक्त बेलिब्रिज दानसाघुँ खोलामा सार्ने गरि काम भइरहेको बुढीनन्दा नगरपालिकाका नगर प्रमुख जनक कुमार बोहराले बताएका छन् । जडाङ्गमा रहेको बेलिब्रिज सडक डिभिजन कार्यालय साँफेबगर अछामले दानसाघुँ खोलामा बेलिब्रिज निर्माणका लागि टेन्डर गरेर काम सुरु भइरहेको छ । यो आर्थिक बर्षमा काम सक्ने गरी धमाधम काम भइरहेको छ । अहिले दानसाघुँ खोलामा दुवै तिर बेलिब्रिजका लागि फाउन्डेन निर्माण भइरहेको स्थानिय प्रदिपराज जोशीले बताएका छन् ।

निर्माण कार्यको ठेक्का “डि एस जनकल्याण जे भि” काभ्रेले पाएको छ । भ्याट बाहेक २ करोड १ लाख १० हजार ८ सय १४ मा काम गर्ने गरि सम्झौता भएको हो । असारसम्म काम सकेर यातायात सञ्चालन हुने गरि धमाधम काम भइरहेको छ । यता जडाङ्गमा पक्की पुल निर्माण सम्पन्न भएको तीन बर्ष बितिसक्दा पनि अन्य ठाउँमा सार्न पहल नहुँदा नदीमै पुल थन्किएको थियो । लाम्रो प्रयासपछि कोल्टीमा सार्न सफल भएको नगर प्रमुख बोहराले बताए । बेलिब्रिज सार्न जिल्ला देखि मन्त्रालयसम्म हरप्रयास पछि सार्न सफल भएको बोहराले थपे ।

स्थानीयवासीले लामो समयदेखि दानसाघुँ खोलामा सुरक्षित आवतजावतका लागि पुलको आवश्यकता रहेको भन्दै माग गर्दै आएका थिए । बेलिब्रिज स्थापना भएपछि स्थानीय यातायात सहज हुने र आर्थिक–सामाजिक गतिविधिमा वृद्धि हुने अपेक्षा गरिएको छ । सडक डिभिजन कार्यालयले समयमै प्रक्रिया पूरा भई यस आर्थिक वर्षमै दानसागु खोलामा बेलिब्रिज निर्माण कार्य सम्पन्न हुने गरी काम थालिएको बताएको छ । मार्तडी कोल्टी सडकको मुख्य ठाउँ दानसागु खोला रहेको छ । बाजुराका चार पालिका, हुम्ला र मुगु समेत यो बाटो जोडिने गरेको छ ।

जडाङ्गमा रहेको बुढिगंगा नदिमा २०७७ साल साउन २५ गते देखी आएको बाढीले बेलिब्रिज बगाएको थियो । सडक विभागले तत्काल ठेक्का खोलेर माघ महिना बाट बेलिब्रिज सञ्चालनमा ल्याएको थियो । बेलिब्रिज आएको १ बर्ष पछि खोलमा पक्की पुनःनिर्माण कार्य सम्पन्न गरेर सञ्चालनमा ल्याएको थियो । पक्की पुल सञ्चालनमा आएपछि बेलिब्रिज भने तीन बर्ष देखि खोलमा त्यतिकै अवस्थामा थन्किएको थियो ।

चर्चामा

सम्बन्धित समाचार