सोमवार, फाल्गुन ११, २०८२
  • होमपेज
  • राजनीति
  • बाजुरामा १४ सय ८२ अस्थायी मतदाता, एक अस्थायी मतदान केन्द्र

बाजुरामा १४ सय ८२ अस्थायी मतदाता, एक अस्थायी मतदान केन्द्र

  • सोमवार, फाल्गुन ११, २०८२
बाजुरामा १४ सय ८२ अस्थायी मतदाता, एक अस्थायी मतदान केन्द्र

बाजुरा– बाजुरामा फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि १४ सय ८२ अस्थायी मतदाता कायम गरिएका छन् । जिल्ला निर्वाचन कार्यालय बाजुराले आसन्न निर्वाचनका लागि अन्तिम अस्थायी मतदाता नामावली प्रकाशन गरेको छ । जसमा कर्मचारी र सुरक्षाकर्मी छन् ।

अस्थायी मतदाता नामावलीमा सरकारी कर्मचारी, नेपाली सेना, नेपाल प्रहरी वा सशस्त्र प्रहरी, कारागारमा रहेका थुनुवा र कैदी, निर्वाचनमा खटिएका कर्मचारी र सुरक्षाकर्मी, सरकारको स्वीकृति लिई सञ्चालन भएको वृद्धाश्रममा बसेका व्यक्ति र आयोगले तोकेका अन्य व्यक्तिको नाम समावेश हुने व्यवस्था छ । तर जिल्लामा कैदीबन्दी र वृद्धाश्रमका व्यक्ति नहुँदा अस्थायी मतदाता नामावलीमा सरकारी कर्मचारी र सुरक्षाकर्मी मात्रै रहेको जिल्ला निर्वाचन अधिकारी भीम बहादुर शाहीले बताए ।

उनका अनुसार अस्थायी मतदाताका लागि जिल्लामा एक मात्रै मतदान केन्द्र मार्तडी स्थित डिभिजन वन कार्यालय तोकिएको छ । यस्तै उक्त मतदान केन्द्र निर्वाचनमा नखटिएका कर्मचारी र सुरक्षाकर्मीका लागि निर्धारण गरिएको हो । निर्वाचनमा खटिएका कर्मचारी र सुरक्षाकर्मी भने अस्थायी मतदाता नामावलीमा नाम भएमा सम्बन्धित केन्द्रमा मतदान गर्न पाउनेछ ।

अस्थायी मतदाताले प्रतिनिधिसभाको समानुपातिक तर्फ मात्र मत हाल्न पाउने व्यवस्था रहेको छ । अस्थायी मतदातालाई प्रत्यक्ष तर्फका उम्मेदवारलाई भोट हाल्ने सुविधा नरहेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।

चर्चामा

सम्बन्धित समाचार