आइतवार, फाल्गुन १०, २०८२
  • होमपेज
  • सुदुरपश्चिम प्रदेश
  • फिल्डमा खटिए निर्वाचन प्रहरी(तस्वीरहरु)

फिल्डमा खटिए निर्वाचन प्रहरी(तस्वीरहरु)

  • आइतवार, फाल्गुन १०, २०८२
फिल्डमा खटिए निर्वाचन प्रहरी(तस्वीरहरु)
संयुक्त सुरक्षा गस्ती

बाजुरा—फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचन नजिकिएसँगै बाजुरामा निर्वाचन प्रहरी फिल्डमा खटिन थालेका छन् । आगामी निर्वाचनलाई शान्तिपूर्ण, निष्पक्ष र भयरहीत वातावरणमा सम्पन्न गर्न भर्ना गरिएका निर्वाचन प्रहरीहरु नेपाल प्रहरी र सशस्त्र प्रहरीसँगै फिल्डमा खटिएका हुन् ।

जिल्लाको सदरमुकाम मार्तडी, पूर्वी उत्तरी भेग कोल्टी र पिलुचौर तथा दक्षिणी भेग बाम्का, फालासैन लगायतका मुख्य बजारमा निर्वाचन प्रहरीहरुलाई परिचालन गरिएको छ । त्यस्तै आइतबारबाट बाजुराका संवेदनशील तथा अतिसंवेदनशील मतदान स्थलहरुमा नेपाली सेना, नेपाल प्रहरी, शसस्त्र प्रहरी बल नेपाल र निर्वाचन प्रहरी संयुक्त रुपमा गस्ति गरिरहेको जिल्ला प्रहरी कार्यालय बाजुराले जानकारी दिएको छ ।

फागुन २१ को निर्वाचनका लागि बाजुरामा एक हजार ६० जना निर्वाचन प्रहरीहरु भर्ना गरिएका छन् । भर्ना गरिएका निर्वाचन प्रहरीहरुलाई जिल्लाका ८ स्थानबाट तालिम दिएर फिल्डमा खटाइएको छ ।
No photo description available.

No photo description available.

May be an image of one or more people and mountain

No photo description available.

No photo description available.

No photo description available.

 

चर्चामा

सम्बन्धित समाचार