बुधबार, फाल्गुन ६, २०८२
  • होमपेज
  • राजनीति
  • बाजुरामा आइपुगे निर्वाचन सामग्री, मतपत्र पनि आजै पुग्ने

बाजुरामा आइपुगे निर्वाचन सामग्री, मतपत्र पनि आजै पुग्ने

  • बुधबार, फाल्गुन ६, २०८२
बाजुरामा आइपुगे निर्वाचन सामग्री, मतपत्र पनि आजै पुग्ने

बाजुरा– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि बाजुरामा निर्वाचन सामग्रीहरु आइपुगेका छन् । एक मात्रै प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र रहेको बाजुराका लागि सम्पूर्ण निर्वाचन सामग्री पुगेका हुन् । जिल्ला निर्वाचन कार्यालयका सूचना अधिकारी अंगत महतले मतपत्रबाहेक अन्य सबै निर्वाचन सामग्री आइपुगेको जानकारी दिए । केन्द्र र प्रदेश निर्वाचन कार्यालयबाट मंगलबार र बुधवार आवश्यक निर्वाचन सामग्री जिल्लामा आइपुगेको महतले बताए ।

आयोगबाट निर्वाचन क्षेत्रमा पठाएका सामग्रीमा मतदान केन्द्रका लागि सुरक्षणशील, छेकाबारा, नउड्ने मसीको मार्कर, स्ट्याम्प प्याड, प्याडको मसी, दुई प्रकारका स्वस्तिक छाप र मतपेटिका स्टीकर रहेका छन् । त्यस्तै अन्य निर्वाचन सामग्रीमा सिलिङ बक्स, अनुसूची फारम, पुसपिन, डायरी, मार्कर पेन, स्केल, स्टापलर मेसिन, स्टाप्लर पिन, स्कीसर्स, ग्लुस्टिक, सोसर, पञ्चिङ मेसिन, परिचयपत्र होल्डर, सेतो कपडा, धागो, सियो, मैनबत्ती, मतदाता क्रमसंख्या, मतदान केन्द्र कार्ड, सेतो कागज लगायतका सामग्री आइपुगेको जनाएको छ ।

यस्तै जिल्ला निर्वाचन कार्यालयकाअनुसार जिल्लाका लागि मतपत्र पनि प्रदेशबाट आज साँझसम्म जिल्लामा आइपुग्ने जनाएको छ । जिल्लामा आगामी निर्वाचनमा एक स्वतन्त्रसहित ८ जना उम्मेदवार चुनावी मैदानमा छन् भने जिल्लाभर ८७ हजार ८६१ मतदाता रहेका छन् ।

चर्चामा

सम्बन्धित समाचार