आइतवार, फाल्गुन ३, २०८२
  • होमपेज
  • राजनीति
  • नेकपा(माओवादी) बाजुराले ल्यायो चुनावी प्रतिवद्धता पत्र (पूर्णपाठ) सहित

नेकपा(माओवादी) बाजुराले ल्यायो चुनावी प्रतिवद्धता पत्र (पूर्णपाठ) सहित

  • आइतवार, फाल्गुन ३, २०८२
नेकपा(माओवादी) बाजुराले ल्यायो चुनावी प्रतिवद्धता पत्र (पूर्णपाठ) सहित

बाजुरा– नेपाल कम्युनिस्ट पार्टी(माओवादी) बाट बाजुरामा आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्यका उम्मेदवार बनेका भुपेन्द्र विकले आफ्‌नो चुनावी प्रतिवद्धता पत्र सार्वजनिक गरेका छन् । आइतबार सदरमुकाम मार्तडीमा आयोजित पत्रकार सम्मेलनमार्फत उम्मेदवार विकले बाजुराको विकास र समृद्धिका एजेण्डासहित प्रतिवद्धता पत्र सार्वजनिक गरेका हुन् ।

बाजुरावासी जनतासँग प्रत्यक्ष संवाद र जिल्लाको यथार्थ आवश्यकतालाई आधार मानेर तयार गरिएको प्रतिबद्धता–पत्रमा पूर्वाधार, शिक्षा, स्वास्थ्य, पर्यटन, कृषि, ऊर्जा र सामाजिक रूपान्तरणका विषयलाई प्राथमिकता दिइएको छ ।आगामी निर्वाचनका लागि एक मात्रै प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र भएकाे बाजुरामा एक स्वतन्त्रसहित ८ जनाले उम्मेदवारी दिएका छन् । उम्मेदवारहरुबाट चुनावी प्रतिवद्धता पत्र सार्वजनिक गर्ने विक पहिलाे उम्मेदवार हुन् ।

यस्ता छन् प्रतिवद्धता पत्रमा मुख्य एजेण्डाहरुः

१. बाजुरा फयालगाउँ, मुक्तिकोट, जोरु, जुकोट, फैता, मिगु हुँदै मुगु रातापानीसम्म जोड्ने सडक निर्माण गरी स्तरोन्नति गरिनेछ ।
२. लैफुदेखि ओखडतोला हुदैँ पाण्डुसैन जोड्ने सडकको स्तरोन्नति सहित कालोपत्रेको लागि पहल गरिनेछ ।
३. बझाङ्ग छान्नादेखि मार्तडीसम्म सडक निर्माण गरी स्तरोन्नति र कालोपत्रेको लागि पहल गरिनेछ ।
४. छतारा देखि पैमा, मना, कोर्ध हुदैँ मार्तडी जोड्ने सडक निर्माणको लागि पहल गरिनेछ ।
५. सिगाडा देखि देउलीसैन हुदैँ बडेली सम्मको सडक कालोपत्रेको लागि पहल गरिनेछ ।
६. बाजुरा जिल्ला दुर्गम भएकाले यस जिल्लामा दुर्गम भेग विकास कोषको व्यवस्था गरी यहाँको विकासमा तीव्रता दिन पहल गरिनेछ ।
७. सुशासन र समृद्धिका लागि भ्रष्टाचारको अन्त्य गर्न समाज शसक्तिकरण र युवा परिचालन कार्यक्रम लागू गरिनेछ ।
८. स्थानीय स्रोत साधनलाई राष्ट्रियकरण गर्न र बाजुराको आर्थिक अवस्थाको विकास गर्न जिल्लामै साना उद्योगहरुको विकास गरिनेछ ।
९.सहकारी र लघुवित्तहरुको शुद्धिकरण गरी आर्थिक विकासका लागि सहकारीको थप विकास गरिनेछ र सहकारी पीडितहरुलाई न्याय दिलाइनेछ ।
१०. निःशुल्क शिक्षा जनताको अधिकार स्वास्थ्यमा सुधार सम्वृद्धिको आधारलाई पूरा गर्न एक पालिका एक एमबिबिएस डाक्टर एक पालिका एक प्राविधिक स्कुल कार्यक्रमको लागि पहल गरिनेछ ।
११. खप्तड, बडीमालिका, बुढीनन्दा, कालाजाग्रा, कैलाशथान, काडाकोटलाई पर्यटकीय क्षेत्रको रूपमा विकास गरी जिल्लामै पर्यटन बोर्डको कार्यालय स्थापना गर्न पहल गरिनेछ ।
१२. पादुका टाकुराज्यू काँडाकोट, त्रिवेणी तीर्थमार्ग निर्माण गरी पर्यटकहरूको सहज बनाउन पहल गरिनेछ।
१३. बुढीगंगाो मुहान गौमुलमा गौमुल पर्यटकीय मार्ग निर्माण गर्न पहल गरिनेछ ।
१४. ताप्रिसेरा रांजा हुँदै नुहाकोट बांगापाटा खिन्नै भगवती मन्दीर हुदैँ नाटेश्वरी जोड्ने सडक निर्माण गर्न पहल गरिनेछ ।
१५. हिमाली गाउँपालिकामा हिमाली क्षेत्र विशेष कोषको व्यवस्था गरी पाठापालन जडिबुटी खेती र जडिबुटी प्रशोधन केन्द्र विकास गर्न पहल गरिनेछ ।
१६. बाजुरा जिल्लामा हुने भाँगो खेतीलाई वैधानिकता दिन र खेतीको थप विकास गर्न पहल गरिनेछ ।
१७. मौरे तिर्थस्थलदेखि मालिकासम्म पदमार्ग निर्माण गर्न पहल गरिनेछ।
१८. बाजुराका सांस्कृतिक भेषभूषाहरुको संरक्षण र विकास गर्न बाजुरा सांस्कृतिक संग्रहालय स्थापना गर्न पहल गरिनेछ ।
१९.बाजुरा जिल्लामा खानेपानीको समस्या भएका स्थानहरुमा एक घर एक धाराको अवधारणाअनुसार बाजुराका सबै बस्तीमा खानेपानीको व्यवस्था गर्न पहल गरिनेछ ।
२०. सम्भावित क्षेत्रहरुमा खोलाहरुबाट जनताको सहकार्यमा ठूला र मझौला लघु जलविद्युत निर्माण गरी साना विद्युतलाई राष्ट्रिय लाइनमा जोडी उज्यालो बाजुरा कार्यक्रमलाई पूर्णता दिन पहल गरिनेछ ।

२१. उत्पादनमा जनताको पहुँच बढाउन र बाजुरेली रैथाने बालीको विकास गर्न एक गाउँ एक सिंचाई कार्यक्रम लागू गर्न पहल गरिनेछ ।
२२. हलिया, खलिया, महिला र दलितको समस्या समाधान गर्न जिल्लामा संयुक्त साझा कार्यालयको स्थापना गरिनेछ।
२३. कमजोर जनता र दलितहरुका लागि वैज्ञानिक वस्तीमा सुधार कार्यक्रम गर्न पहल गरिनेछ ।
२४. जिल्लामा फोन सुविधालाई प्रभावकारी बनाउन आवश्यक स्थानमा टावर विस्तार गरी एक गाउँ एक इन्टरनेट सेवा लागू गर्न पहल गरिनेछ ।
२५. अव्यवस्थित तथा दैवि प्रकोपको समस्या भएका वस्तीहरूको वस्तीस्तरमा व्यवस्थापन गर्न र भूमिहीनलाई जग्गा वितरण गर्न जग्गा नापजाँच गरी लालपूर्जा वितरण गर्न पहल गरिनेछ।
२६. बाजुरा जिल्लाको हकमा गैर दलितहरुलाई समेत ६५ बर्षको उमेरमा वृद्धभत्ता पाउनका लागि पहल गरिनेछ।
२७. स्वामीकार्तिक खापर गाउँपालिका १ मुक्तिकोटलाई अलग वडा बनाउन पहल गरिनेछ ।
२८. बाजुरा जिल्लाका महिलाहरुलाई सुत्केरी अवस्थामा आउने समसयालाई समाधान गर्न नारी बचाउ एम्बुलेन्सको व्यवस्था गर्न पहल गरिनेछ ।
२९. बाजुरा जिल्लामा स्याउ, ओखर, सुन्तला, चुली, आरु, केरा फलफूलहरुलाई विशेष पकेट क्षेत्र बनाउन थप पहल गरिनेछ ।
३०. बाजुरा जिल्लामा भेडा, बाख्रा, भैँसी, गाई आदि पशुपालनका लागि लक्षित वर्गहरुका लागि एक मात्र विशेष अनुदान कार्यक्रम लागू गर्न पहल गरिनेछ।
३१. जातिय विभेदको अन्त्य गर्न एउटै जाति बनाउने गरी सी जातिको नागरिकता प्रदान गर्न पहल गरिनेछ।
३२. बाजुरा जिल्लालाई आत्मनिर्भरु बनाउन बाजुरामा भएका फलाम खानी र तामा खानीको उत्खलन गरिनेछ ।
                                                                                                             

                                                                                                                     भूपेन्द्र वि.क
                                                                                                        प्रतिनिधिसभा सदस्य उम्मेदवार बाजुरा

चर्चामा

सम्बन्धित समाचार