• होमपेज
  • समाज
  • डडेल्धुरामा ट्याक्टर दुर्घटनामा परी बाजुराका एक युवकको मृत्यु

डडेल्धुरामा ट्याक्टर दुर्घटनामा परी बाजुराका एक युवकको मृत्यु

  • बुधबार, माघ २२, २०८२
डडेल्धुरामा ट्याक्टर दुर्घटनामा परी बाजुराका एक युवकको मृत्यु

बाजुरा—डडेल्धुरामा ट्याक्टर दुर्घटनामा परी बाजुराका एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्लाको हिमाली गाउँपालिका–३ बस्ने अन्दाजी २० बर्षका रिनजँन थापा रहेका छन् ।

यहीँ माघ १९ गते राति डडेल्धुराको अमरगढी नगरपालिका ११ साल्लाघारी स्थित केआइ सिंह राजमार्गमा स्याउलेबाट दिपायलतर्फ आउँदै गरेको ट्याक्टर दुर्घटनामा परेको हो ।

थापा आफैँले चलाएको सु.प.प्र.०१००२ त ५२०६ नम्बरको ट्याक्टर एक्कासी अनियन्त्रित भएर पल्टिदा उनी गम्भिर घाइते भएका र तत्काल स्थानीयहरुले अस्पताल पुगाएका थिए । त्याँहाबाट थप उपचारका लागि धनगढी स्थित मायामेट्रो अस्पतालमा लगिएको र उपचारकै क्रममा मंगलबार बिहान मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका सूचना अधिकारी तथा प्रहरी निरीक्षक भास्कर चन्दले बताएका छन् ।

चर्चामा

सम्बन्धित समाचार