बिहिबार, जेष्ठ २१, २०८३
  • होमपेज
  • देश/प्रदेश
  • दार्चुलाकाे डाँडाबाग आधारभूत विद्यालयका विद्यार्थीलाई न्यानो लुगा वितरण

दार्चुलाकाे डाँडाबाग आधारभूत विद्यालयका विद्यार्थीलाई न्यानो लुगा वितरण

  • सोमवार, माघ २०, २०८२
सेयर गर्नुहोस् :
दार्चुलाकाे डाँडाबाग आधारभूत विद्यालयका विद्यार्थीलाई न्यानो लुगा वितरण

दार्चुला— दार्चुलाको अपि हिमाल गाउँपालिका–५ स्थित डाँडाबाग आधारभूत विद्यालयमा अध्ययनरत ५२ जना विद्यार्थीलाई न्यानो जकेट तथा जुत्ता वितरण गरिएको छ । बडीमालिका फाउण्डेसन नेपालको समन्वयमा लाइन्स क्लब अफ काठमाडौं सुभारम्भ, बच्चा बचत स्मल सेभिङ ब्राइट फ्युचर तथा आउटडोर कम्पासको आर्थिक सहयोगमा न्यानाे लुगा वितरण गरिएको बडीमालिका फाउण्डेसनका उपाध्यक्ष पदम सिंहले बताए ।

चिसो मौसमका कारण विद्यार्थीको स्वास्थ्य तथा नियमित पठनपाठनमा असर नपरोस् भन्ने उद्देश्यले विद्यालयमै पुगेर सहयोग सामग्री प्रदान गरिएको लाइन्स क्लब अफ काठमाडौं सुभारम्भका सदस्य आर के देवु श्रेष्टले बताएका छन् । कार्यक्रममा विद्यालयका प्रधानाध्यापक शेरसिंह धामीले दुर्गम क्षेत्रका सामुदायिक विद्यालयका बालबालिकाका लागि यस प्रकारको सहयोग अत्यन्त आवश्यक रहेको बताए । सहयोगी संस्थाप्रति धन्यवाद व्यक्त गर्दै यस्ता कार्यक्रमले विद्यार्थीको सिकाइमा सकारात्मक प्रभाव पार्ने विश्वास व्यक्त गरेका छन् ।

No description available.

विद्यालय व्यवस्थापन समिति अध्यक्ष मानशिंह धामीले दुर्गम विद्यालयलाई लक्षित गरी गरिएको सहयोग प्रति आभार ब्यक्त गर्दै आगामी दिनमा पनि यस्ता सहयोग कार्यक्रम निरन्तर हुने अपेक्षा व्यक्त गरेका छन । कार्यक्रमका सञ्चालक तथा शिक्षिका कमला धामीले सहयोगका कारण विद्यार्थीहरूमा उत्साह थपिएको बताउँदै यसले बालबालिकालाई विद्यालय प्रति आकर्षित गर्न मद्दत पुग्ने धारणा ब्यक्त गरेकी छन् ।

लाइन्स क्लब अफ काठमाडौं सुभारम्भका सदस्य तथा समाजसेवी आर के देवु श्रेष्ठले क्लबले शिक्षा, स्वास्थ्य तथा विपद् व्यवस्थापनका क्षेत्रमा निरन्तर सामाजिक सेवा गर्दै आएको जानकारी दिए । श्रेष्टका अनुसार २०७२ सालको भूकम्प, कोभिड–१९ महामारीका बेला स्वास्थ्य सामग्री वितरण लगायत विभिन्न सामाजिक कार्य गर्दै आएका छन् । क्लबले प्रत्येक वर्ष कम्तीमा दुई वटा दुर्गम क्षेत्रका सरकारी विद्यालयलाई सहयोग गर्दै आएको बताए । साथै, वर्ष भरि कुनै न कुनै सामाजिक गतिविधिमा संलग्न रहने अभियान क्लबको विशेषता रहेको बताए । कार्यक्रमले दुर्गम क्षेत्रका विद्यार्थीलाई प्रत्यक्ष लाभ पुर्‍याउनुका साथै सामुदायिक विद्यालय प्रति सहयोगी संस्थाहरूको सामाजिक उत्तरदायित्वलाई उजागर गरेको सहभागीहरूले बताएका छन् ।

No description available.

चर्चामा

सम्बन्धित समाचार