बुधबार, फाल्गुन १३, २०८२
  • होमपेज
  • राजनीति
  • एकढिक्का भएर मतदाता भेटघाट अभियानमा एमाले बाजुरा

एकढिक्का भएर मतदाता भेटघाट अभियानमा एमाले बाजुरा

  • आइतवार, माघ १९, २०८२
एकढिक्का भएर मतदाता भेटघाट अभियानमा एमाले बाजुरा

बाजुरा— प्रतिनिधिसभा निर्वाचन नजिकिँदै गर्दा नेकपा एमाले बाजुरामा संगठनात्मक एकता र अनुशासन चुनावी रणनीति सहित चुनावी मैदानमा उत्रिएको छ । पार्टीले उम्मेदवारका रूपमा अघि सारेका लालबहादुर थापाको जित सुनिश्चित गर्न जिल्लाका सबै तहका नेता, कार्यकर्ता र जनसंगठन एकढिक्का भएर अभियानमा जुटेका छन् । नेकपा एमाले केन्द्रीय सदस्य कर्ण बहादुर थापा, उम्मेद्धवार समेत रहेका लाल बहादुर थापा, सहदेब बाेगटी र नरेश राेकाया लगायत  प्रदेश कमिटी र जिल्ला तहका सबै नेताहरु यतिबेला घरदैलाे अभियानमा जुटेका छन । नेता तथा कार्यक्रताकाे  ‘एक उम्मेदवार, एक लक्ष्य र एक अभियान’ भन्ने मूल नारासहित गाैमुल गाउँपालिकाबाट सुरुवात गरिएकाे कार्यक्रता भेटघाट तथा घरदैलाे अभियान निरन्तर रहेकाे एमाले बाजुराले जनाएकाे छ।

 बाजुरा जिल्लामा नेकपा (एमाले) का उमेद्वारलाई विजय गराउन पार्टीका स्थानीय तहका कमिटीहरु, शुभेच्छुकहरु सक्रिया रुपमा लागेका छन र हामी परिणममुखी योजनाका साथ अगडी बढेका छौ नेकपा एमाले बाजुराका अध्यक्ष लाल बहादुर ओलीले बताए । यसपटकको निर्वाचन केवल व्यक्ति चयनको प्रक्रिया नभई बाजुराको राजनीतिक स्थायित्व, विकासको निरन्तरता र संघीय लोकतान्त्रिक व्यवस्थाको सुदृढीकरणसँग जोडिएको एमाले बाजुराका अध्यक्ष ओलीले बताएका छन । त्यसैले एमालेले आन्तरिक एकतालाई पहिलो प्राथमिकतामा राख्दै मतदाता माँझ भरोसायोग्य विकल्प प्रस्तुत गर्ने रणनीति बनाएको उनको भनाई रहेको छ ।

नेकपा एमालेका केन्द्रीय सदस्य कर्ण बहादुर थापाले बाजुरामा पार्टी पूर्ण रूपमा एकताबद्ध भएको स्पष्ट पार्दै संगठनात्मक शक्ति नै एमालेको मुख्य आधार भएको बताए । उनले भने, “बाजुरामा एमालेभित्र कुनै गुट छैन, कुनै द्वन्द्व छैन । उम्मेदवार लालबहादुर थापाको जितका लागि केन्द्र देखि वडा तहसम्म पार्टी एक ढिक्का भएर लागिसकेको छ । यो निर्वाचन एमालेको शक्ति परीक्षण मात्र होइन, बाजुराको विकासको दिशानिर्देश पनि हो।” केन्द्रीय सदस्य थापाले एमाले नेतृत्वमा भएका पूर्वाधार विकास, शिक्षा, स्वास्थ्य र सडक सञ्जाल विस्तारलाई जनताले नजिकबाट देखिसकेको उल्लेख गर्दै त्यसैको आधारमा मतदाताले पुनः एमालेमाथि विश्वास गर्ने दाबी गरेका छन ।

“हामी नारामा होइन, काममा विश्वास गर्छौं। बाजुराले पाएका विकासका ठोस आधार नै हाम्रो चुनावी एजेन्डा हुन्,” उनले थपे । आगामी दिनमा टोल–टोलमा केन्द्रित घरदैलो अभियान, युवाहरूलाई लक्षित संवाद कार्यक्रम, महिला संगठन परिचालन र आमसभालाई प्रभावकारी बनाउने कार्ययोजना तय गरेको छ । गाउँमा जादा उम्मेदवार लालबहादुर थापाले पार्टी नेतृत्व, कार्यकर्ता र समर्थकप्रति आभार व्यक्त गर्दै बाजुराको आवाज संसद्मा प्रभावकारी रूपमा उठाउने प्रतिबद्धता जनाउदै आएका छन । “यो चुनाव व्यक्तिगत जितको विषय होइन, बाजुराको भविष्यसँग जोडिएको सवाल हो । पार्टी र जनताको विश्वासलाई मैले कहिल्यै कमजोर हुन दिने छैन,” उनले भने ।

एमाले बाजुराका नेताहरूका अनुसार पार्टीको संगठनात्मक मजबुती, केन्द्रीय नेतृत्वको समर्थन र स्थानीय स्तरमा बढ्दो जनसमर्थनले थापाको जित सुनिश्चित हुने विश्वास बढाएको छ । उनीहरू भन्छन्, एमाले एकढिक्का बनेपछि बाजुराको राजनीतिक समीकरण स्पष्ट बन्दै गएको छ ।

चर्चामा

सम्बन्धित समाचार