• होमपेज
  • समाचार
  • एमाले नेताहरूका कार्यविभाजनसहित अपानि जारी (अपानिसहित)

एमाले नेताहरूका कार्यविभाजनसहित अपानि जारी (अपानिसहित)

  • शुक्रबार, पुस २५, २०८२
एमाले नेताहरूका कार्यविभाजनसहित अपानि जारी (अपानिसहित)

नेकपा एमालेले आगामी चुनावलाई प्राथमिकतामा राखेर नेताहरूको कार्य विभाजन गरेको छ । कार्य विभाजन गर्दा सबै केन्द्रीय सदस्यलाई जिल्लामा केन्द्रित हुन भनिएको छ । ‘पार्टीका पदाधिकारी र केन्द्रीय कमिटीका सम्पूर्ण सदस्यहरूलाई निर्वाचनको काममा केन्द्रित रहेन गरी परिचालन गर्ने नीति अनुरुप अस्थायी कार्य विभाजन गर्ने नीति अवलम्बन गरिएको छ,’ आज जारी अपानिमा भनिएको छ ।

चुनावमा खेलेको भूमिकालाई आधार मानेर नेताहरूको मूल्यांकन गरिने पनि अपानिमा उल्लेख छ । ‘पार्टीका नेता र कार्यकर्ताले निर्वाचनमा खेलेको भूमिकाको मूल्यांकनका आधारमा अघि बढ्ने नीति अवलम्बन गरिनेछ,’ अपानिमा भनिएको छ । केन्द्रीय सदस्य मनोनयन, पोलिट्ब्यूरो गठन र स्थायी कमिटी गठन भने चुनावपछि गरिने पनि जानकारी दिइएको छ ।

https://drive.google.com/file/d/1r9El0syjVb5Ez1_hehCTCJj–r8SxHHr/view

चर्चामा

सम्बन्धित समाचार