शुक्रबार, मंसिर २०, २०८२
  • होमपेज
  • स्वामिकार्तिक खापर
  • स्वामिकार्तिककाे जुकाेटमा करोडौँका सरकारी भवन अलपत्र

स्वामिकार्तिककाे जुकाेटमा करोडौँका सरकारी भवन अलपत्र

  • बिहिबार, मंसिर १२, २०८२
स्वामिकार्तिककाे जुकाेटमा करोडौँका सरकारी भवन अलपत्र

बाजुरा– बाजुराको स्वामिकार्तीक खापर गाउँपालिका ३ जुकोटमा करोडौ खर्च गरेको भवन अलपत्र अबस्थामा रहेका छन । ४ बर्ष पहिला पालिकाले क्याम्पस स्थापना गर्ने भन्दै बनाएका दुई वटा भवन प्रयोग बिहिन भएर अलपत्र अबस्थामा परेका हुन । जुकोटको डाँडामा रहेका उक्त भवन निर्माण भएको ४ बर्ष बढी भइसकेको छ । प्रयोगमा नआएर बनाएका संरचना पनि जिण हुने अबस्थामा पुगेका छन् । उक्त ठाउँमा भवन निर्माणका लागि २ करोड ३६ लाख ६० हजार ३ सय २६ रुपैयाँ खर्च भएको पालिकाका सुचना अधिकारी सुविस्त बहादुर शाहीले वताएका छन् । जग्गा खरिदमा ७ लाख ७१ हजार १ सय ९०, भवन निर्माणमा १ करोड ५८ लाख ८९ हजार १ सय ३६ र पर्खाल निर्माणमा ६० लाख खर्च गरेको थियो । भवन निर्माणको ठेक्का भने ३ करोड बढीमा गरेको थियो । करोडौँ लगानि भएको भवन अहिले प्रयोग बिहिन बनेका छन् । भवनका कोठामा गाइ गोरु बस्ने रहेका छन् ।

गाउँ पालिका अध्यक्ष भरत बहादुर रोकायाले निर्माण भएका भवन प्रयोग विहिन भएको वताएका छन् । आफु निर्वाचित भन्दा अघिल्लो कार्यकालमा निर्माण भएको तर प्रयोगका लागि प्रयास गरेका थियौ, प्रयोग गर्न नसकिएको रोकायाले वताए । तत्काल जग्गा खरिद शम्भुसुन्दा माबिका नाममा गरिएको थियो । हामीले बिद्यालय यसमा सञ्चालन गरम नभए वडा कार्यलय सञ्चालन गरम वा स्वास्थ्य चौकी सञ्चालन गरम भन्दा पनि स्थानियका विवादले भवन प्रयोग विहिन भएको पालिकाले वताएको छ । भवन निर्माण भएको तल नजिकै स्वास्थ्य चौकी र वडा कार्यलय सञ्चालनमा रहेका छन् । तर दुबै कार्यलय सञ्चालनमा भवन अभाब रहेको छ । माथि भने निर्माण भएको भवन अलपत्र रहेको स्थानियले वताएका छन् ।

बिद्यालयको जग्गा शम्भुसुन्दा माबिका नाममा छ । बिद्यालय पनि तल सार्न नमान्ने गरेका छन् । बिद्यालय सञ्चालन रहेको ठाउँ र निर्माण भएका भवन २ सय मिटर जतिको दुरिमा रहेका छन् । समुदायको विवादले तल कक्षा सञ्चालन हुन नसकेको पाईएको छ । जुकोट स्वास्थ्य चौकी जिर्ण र पुरानो भवनमा सञ्चालनमा रहेको छ । वडा कार्यलयको आफ्‌नै भवन पनि छैन, उक्त भवनमा लगेर सेवा सञ्चालन गरम भन्दा पनि नमान्ने गरेका छन् । तल्लो जुकोट र माथिल्लो जुकोटको विवादले भवन प्रयोगमा नआएर अलपत्र अबस्थामा रहेको छ । पालिकाले भवन सञ्चालनमा ल्याउन प्रयास गरिरहेको वताएको छ ।

चर्चामा

सम्बन्धित समाचार