
बाजुरा— बुढिनन्दा नगरपालिका वडा नं. ४ कुरुस्थित बिरबहादुर रोकायाको घरमा आज बिहान आगलागी हुँदा लाखौँ रुपैयाँको क्षति भएको छ। बिहान करिब ७:३० बजे घरमा केटाकेटी मात्र भएको बेला आगो अचानक सल्किएको स्थानीयले बताएका छन्।
मानवीय क्षति भने हुन नसकेको वडा अध्यक्ष जुल्फे रोकायाले जानकारी दिए। उनका अनुसार आगलागीको कारण खुलेको छैन तर तत्कालै स्थानीयको सहयोगमा आगो नियन्त्रणमा लिइएपछि थप क्षति हुनबाट जोगिएको छ।
आगलागीबाट घरभित्र राखिएका लत्ताकपडा, खाद्यान्न, घरेलु सामग्रीसहित नगदसमेत जलेर नष्ट भएको बताइएको छ। घटनाबारे थप अनुसन्धान जारी छ।
