शुक्रबार, मंसिर २०, २०८२
  • होमपेज
  • राजनीति
  • लोकतन्त्रविरोधी गतिविधि बढेको भन्दै एमाले नेता थापाद्वारा आपत्ती

लोकतन्त्रविरोधी गतिविधि बढेको भन्दै एमाले नेता थापाद्वारा आपत्ती

  • बुधबार, मंसिर ४, २०८२
लोकतन्त्रविरोधी गतिविधि बढेको भन्दै एमाले नेता थापाद्वारा  आपत्ती

बाजुरा– नेकपा एमालेका स्थायी कमिटी सदस्य कर्ण बहादुर थापाले राजनीतिक दलका नेताहरूलाई जनतासँग प्रत्यक्ष सम्पर्कमा जान नदिने गतिविधिहरू लोकतन्त्रविरोधी भएको बताएका छन । सामाजिक स‌ंजालमा उनले यस्ता गतिबिधीकाे नेता थापाले कडा निन्दा गरेका हुन । स्थाइ कमिटी सदस्य थापाले  यस्ता हर्कत लोकतन्त्रको मूल मर्म विपरीत रहेको भन्दै तत्काल रोक्नुपर्ने आग्रह गरेका छन ।

थापाले सामाजिक संजाल फेशबुकमार्फत राजनीतिक स्वतन्त्रता र बहुदलीय व्यवस्थाका लागि एमालेले लामो र कठोर संघर्ष गरेको हुँदा लोकतान्त्रिक मूल्य–मान्यता विरोधी क्रियाकलाप कुनै हालतमा स्वीकार्य नभएकाे बताएका छन।  “नेपालका सबै लोकतान्त्रिक गणतन्त्र समर्थक शक्तिहरू एकजुट भई यस्ता लोकतन्त्रविरोधी तत्वहरूविरुद्ध मोर्चाबन्दी गर्नु आवश्यक रहेकाे बताएका छन।”

मधेसी जनता लोकतन्त्रका पक्षधर रहँदै आएको र अहिले पनि लोकतन्त्रकै पक्षमा दृढ रूपमा उभिएको उल्लेख गर्दै थापाले मधेसलाई अस्थिर पार्ने कुनै पनि षड्यन्त्र सफल नहुने बताए।

चर्चामा

सम्बन्धित समाचार