
बाजुरा — बडिमालिका नगरपालिकाले एक सुचना जारी गर्दै मार्तडी बजारमा रहेका यातायात ब्यवासायीलाई बसपार्कमा मात्र पार्किङ गर्न अनुरोध गरेको छ । नगरपालिकाले सार्वजनिक सुचना जारी गर्दै सडक छेउमा पार्कीङ गर्न नपाईने र मुख्य राजमार्गमा निर्माण सामग्री राखेका भए हटाउन ७ दिने सुचना प्रकाशन गरिएको छ । बडीमालिका नगर कार्यपालिकाले २८ गते सार्वजनिक सूचना जारी गर्दै अनाधिकृत पार्किङ, सडक छेउछाउमा निर्माण साम्रगी गिट्टी बालुवा लगायतका साम्रगी तत्काल हटाउन अनुरोध गरेको छ ।
नगरपालिका अन्तर्गतका सडक तथा सार्वजनिक स्थानमा पार्किङ गरेको पाइएमा कानुनी कारबाही गरिने उल्लेख छ । त्यस्तै वडा नं. ८, ९, र, ४, ५, ६ र ७ भित्रका सुचना प्रकाशन गरेको ७ दिनभित्र संरचना हटाउन सम्बन्धित व्यक्तिलाई अनुरोध गरिएको छ। तोकिएको समयभित्र नगरपालिकामा उपस्थित नभएमा कानून बमोजिम संरचना हटाइने नगरपालिकाले जनाएको छ । साथै, यस्ता गतिविधि गर्ने व्यक्तिलाई कानुनी कारबाहीको प्रक्रिया समेत अघि बढाइने जनाएको छ ।
त्यसै गरी सुचना प्रकाशन भएको १५ दिन भित्र ३ पाँग्रे सवारी साधान दर्ता गर्न समेत अनुरोध गरेको छ । अटो रिक्सा लगायतका ३ पाँग्रे सवारी साधान अनिबार्य दर्ता गर्न अनुरोध गरिएको प्रमुख प्रशासकिय अधिकृत पदम बहादुर माझीले बताएका छन ।

