
बाजुरा– संसद पुनर्स्थापनाको माग गर्दै नेकपा (एमाले) ले बाजुराले भाेली अर्थात कार्तिक २९ गते सदरमुकाम मार्तडीमा जनसभा कार्यक्रमकाे आयाेजना गर्ने भएकाे छ । नेकपा एमाले जिल्ला कमिटी बाजुराकाे आयाेजनामा भाेली दिउसाे १ बजे सदरमुकाम मार्तडीमा जनसभाकाे आयाेजना हुने भएकाे हाे ।
एमालेले पार्टीकाे केन्द्रीय निर्देशन अनुसार वडा र पालिकामा “जनपरिचालन तथा जनसभा कार्यक्रम” सम्पन्न गरी जिल्ला स्थरिय कार्यक्रमकाे आयाेजना हुन लागेकाे नेकपा एमाले जिल्ला कमिटी बाजुराका अध्यक्ष लाल बहादुर ओलीले बताएका छन । एमाले बाजुराले पार्टी कार्यालयमा पत्रकार सम्मेलनकाे आयाेजना गरि साे बिषयमा जानकारी गराएकाे छ । हालकाे कार्की सरकारको असंवैधानिक कदम विरुद्ध विरोधका साथै संबिधानकाे रक्षाका लागि साे भेलाकाे आयाेजना हुने अध्यक्ष ओलीले बताएका छन् ।
नेकपा एमाले बाजुराका अध्यक्ष लाल बहादुर ओलीकाे अध्यक्षतामा संचालन भएकाे पत्रकार सम्मेलनमा नेकपा एमाले बाजुराका सचिव काशी विक लगायत जिल्ला कमिटीका पदाधिकारी तथा जिल्ला कमिटी सदस्य, पत्रकार, नेकपा एमालेका जनसगठनका प्रमुख तथा प्रतिनिधीहरु सहभागी रहेका थिए । नेकपा एमाले बाजुराका प्रचार प्रसार बिभाग प्रमुख राजन राेकायाले पत्रकार सम्मेलन कार्यक्रमकाे संचालन गरेका थिए ।
