शुक्रबार, मंसिर २०, २०८२
  • होमपेज
  • बडिमालिका
  • बडीमालिका नगर गीत ’धर्तिको स्वर्ग’ सार्वजनिक (भिडीयाे सहित)

बडीमालिका नगर गीत ’धर्तिको स्वर्ग’ सार्वजनिक (भिडीयाे सहित)

  • शुक्रबार, कार्तिक २९, २०८२
बडीमालिका नगर गीत ’धर्तिको स्वर्ग’ सार्वजनिक (भिडीयाे सहित)

बाजुरा– बडीमालिका नगर गीत ’धर्तिको स्वर्ग’ बोलको गीत सार्वजनिक भएको छ । बडीमालिका नगरपालिका तथा धार्मिक तथा पर्यटकीय क्षेत्र बडीमालिकाको पहिचान सम्बन्धी शब्दबाट सिर्जना गरिएको गीत आज बडीमालिका म्युजिक अफिसियल युटुब च्यानलबाट सार्वजनिक भएको हो । स्थानीय कला संस्कृतिको जगेर्ना तथा पर्यटन प्रवद्र्धन गर्ने उदेश्यका साथ बडीमालिका नगरपालिकाद्धारा सो गीत तयार पारिएको जनाएको छ ।
उक्त गीतको शब्द/संगीत पवन मधुश्री तथा गायक राजेन्द्र बाजुरेली, पवन मधुश्री र पम्फा कंडेलको स्वर रहेको छ । त्यस्तै एरेन्ज बिनोद बाजुरेली, मिक्सिङ खडक बाजुरेलीले गरेका छन् ।
त्यस्तै, उक्त गीतको शुक्रवार बडीमालिका नगरपालिकामा एक औपचारिक कार्यक्रमकाविच विमोचन गरिएको छ । जिल्ला समन्वय समिति प्रमुख तुलसीराम रोकाया, नगर प्रमुख अमर बहादुर खड्का, प्रमुख प्रशासकीय अधिकृत पदम बहादुर माझी, वडा अध्यक्ष सहितको सहभागीतामा विमोचन गरिएको हो ।

चर्चामा

सम्बन्धित समाचार