
बाजुरा—बाजुराको कोल्टीबाट धनगढीका लागि छुटेको बस दुर्घटनामा परी २५ जना घाइते भएका छन् । चालकसहित २६ जना सवार रहेको बसमा २५ जना घाइते भएका हुन् ।
जिल्ला प्रहरी कार्यालयका अनुसार दुर्घटनामा परी घाइते भएकाहरुलाई उपचारका लागि २३ जनालाई मार्तडी र २ जनालाई कोल्टी अस्पतालमा पठाइएको छ । घाइतेहरुको सबैको अवस्था सामान्य रहेको बुझिएको छ । भने घटनाको एकिन जानकारी आउन बाँकी रहेको छ ।
शनिवार दिउँसो बुढीनन्दा नगरपालिका ७ सास्थामा बस दुर्घटना भएको थियो । कोल्टीबाट धनगढीका लागि छुटेको सदरमुकामतर्फ आउँदै गरेको सु.प.प्र.०१ ००१ ख ३१८१ नम्बरको बस दुर्घटना भएको जनाएको छ ।
