शुक्रबार, मंसिर २०, २०८२
  • होमपेज
  • बडिमालिका
  • एक महिना देखी जिल्ला अस्पताल बाजुरामा जिवनजलको चरम अभाब

एक महिना देखी जिल्ला अस्पताल बाजुरामा जिवनजलको चरम अभाब

  • मङ्लबार, कार्तिक १२, २०८२
एक महिना देखी जिल्ला अस्पताल बाजुरामा जिवनजलको चरम अभाब

बाजुरा–जिल्ला अस्पताल बाजुरामा विगत एक महिना देखी जिवन जलको चरम अभाब भएको छ । अधिल्लो आर्थिक बर्षमा खरिद गरेको चाडै सकिएको र नयाँ खरिद प्रक्रिया ढिलाइ भएकाले अस्पतालमा जिवनजलको चरम अभाब भएको सुचना अधिकारी नृपराज गिरीले वताएका छन् ।

जिवनजल अभाब हुदा झाडापखाला र जलवियोजनका बिरामीले जिवनजल निजि अस्पताल बाट किनेर खानुपर्ने बाध्यता रहेको छ । अस्पतालमा ९८ प्रकारका औषधि निशुल्क बिरामीलाई दिनुपर्ने रहेको छ । निशुल्क औषधि अन्तर्गत जिवनजल अति आबश्यक पर्ने अन्तर्गत वर्ने गर्छ, तर महिनौ सम्म पनि जिवनजल अभाब हुदा अस्पताल बेखबर बनेको स्थानियले वताएका छन् ।

जिवनजल झाडापखालाका बिरामीका लागि अत्यावश्यक मानिने गरेको छ । झाडापखाला तथा शरिरमा जलवियोजन भएको बेला शरीरको पानी सन्तुलन राख्न प्रयोग गरिने जीवनजल नपाउँदा बिरामी समस्यामा परेको स्थानिय सन्तोष बिकले वताएका छन् । अस्पतालमा दैनिक १ सय ८० देखी २ सय सम्म बिरामी आउने गरेका छन् । त्यस मध्ये १२ देखी १८ जनालाई जिवनजल आबश्यक पर्छ, तर एक महिना देखी अभाब भएको सुचना अधिकारी गिरीले वताएका छन् ।

यो आर्थिक बर्षको औषधि खरिद प्रक्रिया अघि बढिसकेको छ । अस्पतालमा जिवनजल आउन अझै एक महिना जति लाग्ने अस्पतालले जनाएको छ । एकातिर औषधि खरिदका लागि बजेट प्रयाप्त छैन्, यो आर्थिक बर्ष औषधि खरिदका लागि २५ लाख मात्र बजेट रहेको अस्पतालले वताएको छ । यो बजेट धेरै कम रहेको अस्पताल स्रोतले वताएको छ ।

जिवनजल निशुल्क उपलब्ध हुने औषधि मात्र नभइ अत्याआवश्यक हुने औषधि हो । अभाब भएको धेरै समय भइसक्दा पनि परिपुर्तिका लागि कतै बाट ध्यान नगएको स्वास्थ्यकर्मीले वताएका छन् । धेरै बिरामीलाई जिवनजल आबश्यक पर्ने गर्दछ, बजारमा गएर किन्न भन्ने गरेको उनले वताए ।
बाजुराका अन्य केही स्वास्थ्य संस्थामा समेत जिवनजल नरहेको पाईएको छ । स्थानिय तहले औषधि खरिदमा ढिलाइ गरेका कारणले स्थानिय स्वास्थ्य संस्थामा समेत जिवनजल अभाब भएको हो । स्वास्थ्य संस्थामा जिवनजल अभाब भएको लामो समय भइसक्दा सम्म सम्बन्धित निकाय बेखबर बनेका छन् ।

 

चर्चामा

सम्बन्धित समाचार