शुक्रबार, मंसिर २०, २०८२
  • होमपेज
  • कोशी प्रदेश
  • एकैसाथ ३६ जिल्लाका सीडीओ सरूवा : पर्सामा दाहाल, कैलालीमा रेग्मी

एकैसाथ ३६ जिल्लाका सीडीओ सरूवा : पर्सामा दाहाल, कैलालीमा रेग्मी

  • सोमवार, कार्तिक ११, २०८२
एकैसाथ ३६ जिल्लाका सीडीओ सरूवा : पर्सामा दाहाल, कैलालीमा रेग्मी

गृह मन्त्रालयले देशभरका ३६ जना प्रमुख जिल्ला अधिकारी (प्रजिअ)हरूको एकसाथ सरुवा गरेको छ। मन्त्रालयले आइतबार रुपन्देही, कैलाली, महोत्तरी, पर्सा, बाँके, बर्दिया, रौतहट र कपिलवस्तुसहितका प्रमुख जिल्ला अधिकारीहरूको सरूवा गरेको हो।

सरूवाका क्रममा मन्त्रालयले केही जिल्लामा नयाँ प्रजिअ तोकेको छ । अन्यलाई सरूवा गरेर नयाँ मुकाम तोकिएको छ । गृहले चीनसँग जोडिएको दोलखाका प्रजिअ भोला दाहाललाई भारतसँग जोडिएको पर्साको प्रजिअ बनाएर पठाएको छ।

उता सुस्ता पश्चिमका हिरालाल रेग्मीलाई सुदूरपश्चिमको राजधानीसमेत रहेको कैलालीको प्रजिअ बनाएर पठाइएको छ । जुम्लाका प्रमुख जिल्ला अधिकारी केदारनाथ शर्मालाई अध्यागमन कार्यालय गौतम बुद्ध विमानस्थलको प्रमुख बनाइएको छ ।

चर्चामा

सम्बन्धित समाचार