शुक्रबार, मंसिर २०, २०८२
  • होमपेज
  • समाचार
  • स्वतन्त्र र निष्पक्ष छानबिन आयोग गठनको माग गर्दै सरकारलाई ध्यानाकर्षण पत्र

स्वतन्त्र र निष्पक्ष छानबिन आयोग गठनको माग गर्दै सरकारलाई ध्यानाकर्षण पत्र

  • शनिबार, कार्तिक ९, २०८२
स्वतन्त्र र निष्पक्ष छानबिन आयोग गठनको माग गर्दै सरकारलाई ध्यानाकर्षण पत्र

काठमाडौं —  भदौ २३-२४ का घटनाहरूको सम्पूर्ण यथार्थ र योजनाकार पत्ता लगाउन स्वतन्त्र र निष्पक्ष छानबिन आयोग गठनको माग गर्दै बाजुराका धर्मराज तिमिल्सीनाले सरकारको ध्यानाकर्षण गराउनुभएकाे छ ।

उहाँले सञ्चारमन्त्री जनदीश खरललाई भेटेर शुक्रबार उक्त ध्यानाकर्षण पत्र बुझाएका हुन् । जेन-जी आन्दोलनको नाममा आन्दोलनलाई हिंसात्मक दिशातर्फ लैजाने, आतङ्क फैलाउने तथा आगजनी, तोडफोड, लुटपाटमा प्रत्यक्ष संलग्न युवाहरूको राहदानी अस्थायी रूपमा रोक्का, विदेश गमन नियन्त्रण र कानूनी अनुसन्धानको निष्पक्षता सुनिश्चित गर्न समेत उनले माग गरेका छन् ।

उनले सार्वजनिक र निजी सम्पत्तिको तोडफोड, आगजनी, लुटपाट, नागरिक हत्या जस्ता अपराधमा संलग्न सबै व्यक्तिलाई शीघ्र कानूनी कारबाहीको दायरामा ल्याई कडा सजाय दिन समेत माग गरेका छन् । यसका साथै सामाजिक सञ्जालमार्फत हिंसा भड्काउने, भ्रामक समाचार फैलाउने, सार्वजनिक मत भ्रमित गर्ने, गालिगलौज गर्ने, चरित्र हत्या गर्न जस्ता अराजक गतिविधिहरू अनियन्त्रित भएको उल्लेख गर्दै उनले सरकारको प्रत्यक्ष निगरानीमा सामाजिक सञ्जाल नियमन र गलत सूचना नियन्त्रणको लागि तत्काल नीतिगत व्यवस्था गरी भ्रामक समाचार फैलाउने, सार्वजनिक मत भ्रमित गर्ने, गालिगलौज गर्ने, चरित्र हत्या गर्न जस्ता अराजक गतिविधि गर्नेहरुलाई तत्काल कानुनी दायरामा ल्याउन समेत माग गरेका छन् ।

चर्चामा

सम्बन्धित समाचार