शुक्रबार, मंसिर २०, २०८२
  • होमपेज
  • समाचार
  • भूमि आयोग खारेजीको विरोधमा आन्दोलन घोषणा

भूमि आयोग खारेजीको विरोधमा आन्दोलन घोषणा

  • सोमवार, अशोज २७, २०८२
भूमि आयोग खारेजीको विरोधमा आन्दोलन घोषणा

भूमि समस्या समाधान आयोग खारेजीको विरोधमा अखिल नेपाल किसान महासङ्घ र भूमि अधिकार तथा श्रमिक सङ्गठनले देशव्यापी प्रदर्शन गर्ने भएको छ । अखिल नेपाल महासङ्घले सोमबार पत्रकार सम्मेलन गर्दै मंगलबारबाट आन्दोलन गर्ने जनाएको हो ।

पत्रकार सम्मेलनमा अखिल नेपाल किसान महासङ्घका अध्यक्ष डा.प्रेम दंगालले विरोधस्वरुप असोज २८ गते मङ्गलवार काठमाडौँको तीनकुनेमा विरोध प्रदर्शन तथा कोणसभा गर्ने र असोज २९ गते देशव्यापी प्रदर्शन गर्ने तथा प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाइने जानकारी दिए ।

उनले झन्डै २५ लाखको हाराहारीमा रहेका भूमिहीन किसान, श्रमिक, मुक्त कमैयालाई संविधानले एकपटक भूमि उपलब्ध गराउने व्यवस्था गरे विपरित निर्वाचित सरकारले गठन गरेको आयोग खारेज गर्नु संविधानसम्मत नभएको बताए । आन्दोलनमा भूमिहीन किसान र अभियन्ताहरु सहभागी हुने दंगालको भनाई छ ।

चर्चामा

सम्बन्धित समाचार