
इलाम – इलाम नगरपालिमा पहिरोले एक घर पुरिँदा दुई बालबालिकाको मृत्यु भएको छ । इलाम नगरपालिका–६ घोसमा डम्बरबहादुर पाख्रिनको घर पहिरोले पुरिँदा दुई जना बालबालिकाको मृत्यु भएको हो ।
स्थानीय रेवज तामाङका अनुसार पहिरोमा अरु तीन जना बेपत्ता भएका छन् । दुई जना घाइतेलाई उपचारका लागि अस्पताल लगिएको छ । थप विवरण आउन बाँकी छ ।
