शुक्रबार, मंसिर २०, २०८२
  • होमपेज
  • समाज
  • डोटीमा प्रहरी जवान मृत भेटिए

डोटीमा प्रहरी जवान मृत भेटिए

  • शनिबार, अशोज १८, २०८२
डोटीमा प्रहरी जवान मृत भेटिए

डोटीमा एक जना प्रहरी जवान मृत भेटिएका छन् । शिखर नगरपालिका–८ तिलताली घर भएका ट्राफिक प्रहरी जवान शंकर बलायर गोपघाटस्थित सडकमा मृत भेटिएको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीले जनाएको छ ।

जिल्ला ट्राफीक प्रहरी कार्यालय रौतहटमा कार्यरत रहेका बलायर दसैँ मनाउन बिदा लिएर गत ७ असोजमा घर आएका थिए । गोपघाटस्थित सडक छेउमा मृत भेटिएका बलायरको टाउकोमा चोट लागेको देखिएको छ । गएराति मृत भेटिएका बलायरको घटनास्थल सिल गरेर प्रहरीले अनुसन्धान गरिरहेको छ ।

चर्चामा

सम्बन्धित समाचार