शुक्रबार, मंसिर २०, २०८२
  • होमपेज
  • बडिमालिका
  • बाजुराका गाउँमा चहलपहल, सदरमुकाम मार्तडी बजार सुनसान

बाजुराका गाउँमा चहलपहल, सदरमुकाम मार्तडी बजार सुनसान

  • बुधबार, अशोज १५, २०८२
बाजुराका गाउँमा  चहलपहल, सदरमुकाम मार्तडी बजार सुनसान

बाजुरा— बाजुरा जिल्लाका गाउँमा चहलपहल बढे पनि सदरमुकाम रहेकाे मार्तडी बजार सुनासान बनेको छ  ।  गाउँमा स्थानीयवासीको चहलपहल बढ्दै सदरमुकाम भने सुनसान बनेकाे हाे  । जिल्ला  सदरमुकाम मार्तडीमा अध्ययन गर्ने विद्यार्थी, कर्मचारी व्यापार व्यवसाय गरी बस्ने व्यापारी र सरकारी कार्यालयमा बिदा भएर सबै बाहिरिएपछि सदरमुकाम मार्तडी बजार सुनसान बनेको छ ।

रोजगार, अध्ययन र अन्य कामका लागि  बहिरिएका र चाडबाडका लागि गाउँ फर्केपछि यहाँका ग्रामीण वस्तीमा भने निकै चहलपहल छाएको स्थानियले बताएका छन । हरेक बर्ष झै यो बर्ष पनि दशैको बेला सदरमुकामको चहल पहल सुनसान बनेको छ ।यँहा सुरक्षाकर्मी केही सरकारी कार्यालयका स्थानीय कर्मचारी यही बसोबास गर्ने भन्दा बाहेक बाहिरका ब्यापारी कर्मचारीहरु बिद्यार्थीहरुले भने केही दिन पहिले नै सदरमुकाम छोडी सकेका छन ।

चर्चामा

सम्बन्धित समाचार