शुक्रबार, मंसिर २०, २०८२
  • होमपेज
  • बडिमालिका
  • दसैँमा सुनसान मार्तडी बजार

दसैँमा सुनसान मार्तडी बजार

  • मङ्लबार, अशोज १४, २०८२
दसैँमा सुनसान मार्तडी बजार

बाजुरा– सदरमुकाम मार्तडी बजार यतिवेला सुनसान बनेकाे छ । नेपालीहरुकाे महान चाड बिजयादशमी तथा दिपावली मनाउन यहाँका व्यापारी लगायत अन्य  घर गए पछि बजार सुनसान बनेको हाे ।

केही दिन अघिसम्म निकै चहलपहल बढेकाे मार्तडीमा अहिले भने चहलपहल निकै घटेकाे छ ।यहाँ बसाेबास गर्ने व्यापारी तथा अन्य अधिकांश  चाडबाड मनाउन गाउँघर गएसँगै मार्तडी बजार केही दिन यता देखि सुनसान बन्दै गएकाे छ ।

सदरमुकाम बाहिर घर भएका बिध्यार्थि ब्यापारी तथा कर्मचारीहरु  धमाधम गाउँघर गए पछि बजार सुनसान बनेकाे स्थानियले बताउने गरेका छन । बाहिर गएकाहरू बजार नआउँदासम्म यहाँका बजार केही समयकाे लागी सुनसान हुने गरेका छन् ।अस्थायी रुपमा बसोबास गर्दै आएकाहरू नागरिक प्रत्येक वर्ष दसैँ तिहारमा गाउँ जाने हुँदा तिहार अवधिवर यहाँका बजार सुनसान नै हुने गरेकाे स्थानियले बताएका छन्।

चर्चामा

सम्बन्धित समाचार