
बाजुरा— बडादशैं नजिकिएसँगै घर फर्कने यात्रुहरुको संख्या बढ्दै गएको छ । देशका विभिन्न मुख्य सहरबाट घर फर्कने यात्रुहरुकाे बसपार्कमा भीड लाग्न थालेकाे हाे ।
काठमाडौंको नयाँ बसपार्क, कलंकी, कोटेश्वर, बल्खु लगाएतका स्थानबाट उपत्यका छाड्ने सार्वसाधारणको संख्या समेत बढ्दै गएकाे छ । उपत्यकाका विभिन्न नाकाबाट यसअघिका बर्षको तुलनामा यस बर्ष घटस्थापना अघि नै धेरै सर्वसाधारण बाहिरिएको काठमाडौँ उपत्यका ट्राफिक कार्यालयले जनाएको छ ।
हाल अरनिको राजमार्ग, त्रिभुवन राजपथ, पृथ्वी राजमार्ग र दक्षिणकाली–हेटौँडा र कान्ति राजमार्ग भएर यात्रीहरू आफ्ना गन्तव्यतर्फ प्रस्थान गरेका छन् । यस बर्ष पनि १५ लाख भन्दा बढि सर्वसाधारण दशै मनाउन घर फर्कने अनुमान गरिएको छ ।
सुदूरपश्चिम प्रदेशकाे धनगढीबाट पहाडी जिल्लामा आउनेहरुकाे क्रम बढेसँगै बसपार्कमा पनि भीड लाग्न थालेकाे छ । दसैँ नजिकिएसँगै विभिन्न सिलसिलामा बाहिर गएकाहरु घर फर्किन थालेका छन् ।
