शुक्रबार, मंसिर २०, २०८२
  • होमपेज
  • समाज
  • बाजुराका एक युवककाे काेहलपुर इप्रकामा रहस्यमय मृत्यू, परिवार न्यायको खोजीमा

बाजुराका एक युवककाे काेहलपुर इप्रकामा रहस्यमय मृत्यू, परिवार न्यायको खोजीमा

  • बुधबार, भदौ २५, २०८२
बाजुराका एक युवककाे  काेहलपुर इप्रकामा रहस्यमय मृत्यू, परिवार न्यायको खोजीमा
बाजुरा– बाजुराको बुढीनन्दा नगरपालिका–१० का ३५ वर्षीय वीरेन्द्रबहादुर सिंहको ईलाका प्रहरी कार्यालय कोहलपुरमा प्रहरीकाे यातना पश्चात मृत्यु भएको छ । भदौ २३ गते राति प्रहरीको यातानापछी उनको मृत्यु भएको परिवारीक श्रोतले जनाएको हो । हाल बाँके जिल्ला जानकी गाउँपालिका ४ कपासी बस्दै आएका बाजुरा बुढीनन्दा नगरपालिका १० का  सिहंको प्रहरी हिरासतमा प्रहरीले यातना दिएर मारेको पारिवारीक श्रोतको भनाई रहेको छ । २०८२ भदाै १९ गते बिहान उनलाइ कुनै जानकारी बिना पक्राउपुर्जी नदिएर एकाएक भ्यानमा हालेर इलाका प्रहरी कार्यालय काेहलपुर पुगाएकाे पारिवारीक श्राेतले जनाएकाे छ ।
मृतककी श्रीमती सुनिताका अनुसार  भदौ २२ गते बिहान करिब १०ः३० बजे प्रहरीको एक टोली घरमै पुगेर वीरबहादुर सिंहलाई कारण नबताई पक्राउ गरी हिरासतमा लगेको थियो। पक्राउ लगत्तै उनलाई सोधपुछ गर्ने क्रममा निरन्तर कुटपिट, दुर्व्यवहार र अमानवीय यातना दिएको बताएकी छन । हिरासतमा रहँदा उपचारको सुविधा नदिइएको, पटक–पटक गम्भीर स्वास्थ्य समस्या देखिँदा समेत प्रहरी अधिकारीहरूले बेवास्ता गरेको जाहेरीमा उल्लेख छ । सोही कारण भदौ २३ गते राति  सिंहको मृत्यु भएको र २४ गते बिहान ७ बजे परिवारलाइ  खवर आएको उनले बताएकी छन ।
मृतककी पत्नी सुनिता सिंहले प्रहरीको कुटपिट, यातना र लापरबाहीकै कारण आफ्ना श्रीमानले ज्यान गुमाउनुपरेको बताएकी छन । उनले आफ्‌ना श्रीमानको प्रहरीले नै नजरबन्दमा राखी याताना दिएर मारेको भन्दै जिल्ला प्रहरी कार्यालय बाँकेमा जाहेरी दर्ता गराउन खोज्दा प्रहरीले जाहेरी दर्ता गर्न नमानेको उनले बताएकी छन् । प्रहरीले जाहेरी दर्ता गर्न नमानेपछी अहिले उनि मिडीया र मानवअधिकारकर्मीबाट न्यायको अपिल गरिरहेकी छन ।
मृतककी पत्नी सुमिता सिंहले आफ्नो जाहेरीमा लेखेकी छन्, “प्रहरीको नियन्त्रणमा रहँदा निरन्तर कुटपिट र यातना दिइएको हुँदा मेरो श्रीमानको ज्यान गएको हो भनेकी छन । प्रहरी प्रशासनले घटनालाई लुकाउने प्रयास गरेको छ, जसले हाम्रो पीडालाई अझ पिडाबाेध बनाएको छ।” उनले भनिन । जाहेरीमा प्रहरीले पक्राउ, सोधपुछदेखि हिरासतमा राख्ने क्रममा कानुनी प्रावधान पालना नगरेको, उपचारको सुविधा नदिएको र मृतकलाई यातना दिएर हत्या गरेको उल्लेख गरिएकाे छ ।  घटनामा संलग्न प्रहरी अधिकारीहरूलाई तत्काल कानुनी कारबाही अगाडि बढाउन माग गरेकी छन । प्रहरीले उजुरी दर्ता नगरपछी न्यायका लागि उनि मिडीयमा आएकी छन ।
घटनापछि मृतक परिवार शोकाकुल बनेको छ भने स्थानीयवासी आक्रोशित बनेका छन्। पीडित पक्षले घटनाको निष्पक्ष छानबिन गर्न दवाव दिदा पनि प्रहरीले अटेर गरेको पारिवारीक श्रोतको दावी छ ।  यसअघि पनि नेपालमा प्रहरी हिरासतमा व्यक्तिको मृत्यु हुने घटना पटक–पटक दोहोरिँदै आएको छ । मानवअधिकारकर्मीहरूले यसलाई प्रहरी प्रशासन भित्रैको गैरजिम्मेवारी र दण्डहीनताको संस्कृतिको परिणाम भएको टिप्पणी गरेका छन्। उनीहरूले हिरासतमा रहँदा व्यक्तिको ज्यान सुरक्षित राख्ने जिम्मेवारी स्वयं राज्यको हुने भएकाले यसप्रकारका घटनामा जिम्मेवारीबाट पन्छिन नसकिने बताएका छन् ।
मृतक परिवार र स्थानीयवासीले यसलाई ‘नियोजित हत्या’ भन्दै दोषी प्रहरीलाई कठोर सजाय दिनुपर्ने माग गरिरहेका छन् । यस घटनाले फेरि प्रहरी हिरासतमा मानवअधिकार उल्लंघन, यातना र लापरबाहीको गम्भीर प्रश्न उठाएको छ । पीडित परिवार न्यायका लागि संघर्षरत छ भने आम सर्वसाधारण यस घटनाबाट स्तब्ध बनेका छन्। अहिले सबैको ध्यान प्रहरी प्रशासन र सरकारले यो गम्भीर घटनामा कस्तो कदम चाल्छ भन्नेमा केन्द्रित भएको छ ।

चर्चामा

सम्बन्धित समाचार