शुक्रबार, मंसिर २०, २०८२
  • होमपेज
  • शिक्षा
  • कक्षा १२ को मौका परीक्षा अर्को सूचना प्रकाशन नभएसम्मका लागि स्थगित

कक्षा १२ को मौका परीक्षा अर्को सूचना प्रकाशन नभएसम्मका लागि स्थगित

  • बुधबार, भदौ २५, २०८२
कक्षा १२ को मौका परीक्षा अर्को सूचना प्रकाशन नभएसम्मका लागि स्थगित

काठमाडौँ— राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को मौका परीक्षा अर्को सूचना प्रकाशन नभएसम्मका लागि स्थगित गरेको छ । बुधवार एक विज्ञप्ति जारी गर्दै स्थगनबारे जानकारी गराएको हो ।

विज्ञप्तिमा भनिएको छ, ‘पूर्व निर्धारित तालिका अनुसार २०८२ भदौ २८ र २९ गते सञ्चालन हुने कक्षा १२ को मौका (पूरक परीक्षा देशमा विकसित विशेष परिस्थितिका कारण अर्को सूचना प्रकाशन नभएसम्मका लागि स्थगित गरिएको छ ।’

साथै स्थगित परीक्षाको संशोधित परीक्षा तालिका कम्तीमा ७ दिनको समयावधि दिई पछि प्रकाशन गरिने जनाएको छ ।

चर्चामा

सम्बन्धित समाचार