
जेनजी आन्दोलनमा १७ जनाको मृत्यु भएपछि त्यसबारे छलफल गर्न मन्त्रिपरिषद् बैठक सुरु भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा ६ बजे बोलाइएको बैठक करिब एक घण्टा ढिला गरी केहीबेर अघि सुरु भएको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ । मन्त्रिपरिषद् बैठकमा कांग्रेसबाट सरकारको नेतृत्व गरेका उपप्रधानमन्त्री तथा सहरी विकासमन्त्री प्रकाशमान सिंह, गृहमन्त्री रमेश लेखक र संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डे सहभागी छैनन् ।
उनीहरू अहिले सभापति शेरबहादुर देउवा निवास बुढानीलकण्ठ बसिरहेको कांग्रेस पदाधिकारी बैठकमा सहभागी छन् । बैठकमा जेनजीले उठाएका विषयबारे छलफल हुनेछ ।
