
बाजुरा– नेपाली कांग्रेस बडीमालिका नगरपालिका–५ मनाका वडा सभापति प्रेम बहादुर साउँदले पदबाट राजीनामा दिएका छन्। उनले लामो समय वडा सभापति पदमा रहेर काम गरेको भन्दै सोमवार एक पत्र लेख्दै कांग्रेसको साधारण सदस्य समेत नहरने गरी राजीनामा दिएका हुन् ।
साउँदले २०७८ साल असोज ६ गते गठन भएको वडा कार्यसमितिमा करिब ४ वर्षसम्म सभापति पदमा रहेर काम गर्दै आएको उल्लेख गरेका छन् ।
त्यस्तै साउँदले पार्टीभित्रका केही व्यक्तिहरुका स्वार्थ र गुटगत राजनीतिको कारण पद छाड्न बाध्य भएको बताएका छन् । उनले लेखेका छन्,“जिम्मेवार व्यक्ति कांग्रेस जिल्ला उपसभापति एवम् पूर्व मेयर पदम बडुवाल र पूर्व वडा अध्यक्ष एवम् जिल्ला कार्यसमिति सदस्य बल बहादुर थापाका कारण आजका मितिबाट वडा सभापति सहित साधारण सदस्य समेत नरहने गरी राजीनामा दिएको छु ।”

