शनिबार, मंसिर २१, २०८२
  • होमपेज
  • राजनीति
  • नेविसंघ बाजुरा–काठमाडौं सम्पर्क समिति अध्यक्ष चयनमा विवाद, अध्यक्ष थापाले गुटबन्दी गरेको आरोप

नेविसंघ बाजुरा–काठमाडौं सम्पर्क समिति अध्यक्ष चयनमा विवाद, अध्यक्ष थापाले गुटबन्दी गरेको आरोप

  • बिहिबार, भदौ १२, २०८२
नेविसंघ बाजुरा–काठमाडौं सम्पर्क समिति अध्यक्ष चयनमा विवाद, अध्यक्ष थापाले गुटबन्दी गरेको आरोप

बाजुरा— नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघ बाजुरा–काठमाडौं सम्पर्क समिति अध्यक्ष चयनमा विवाद देखिएको छ । नेविसंघ जिल्ला कार्य समितिले जिल्ला सम्पर्क समिति अध्यक्ष चयन गरेपछि नेविसंघमा विवादले तरङ्ग मच्चाएको छ । नेविसंघ बाजुराले मंगलवार बाजुरा–काठमाडौं सम्पर्क समितिमा टेक बहादुर सिंहलाई मनोनित गरेको थियो ।

नेविसंघ जिल्ला कार्य समिति अध्यक्ष जनक थापाले मनोमानी रुपमा अध्यक्ष मनोनित गरेको भन्दै नेविसंघ केन्द्रीय सदस्यहरुले प्रेस विज्ञप्तिमार्फत विरोध जनाएका छन् । नेविसंघ केन्द्रीय सदस्यहरु दिनेश कुमार शाही, मंगल रावत, जस बहादुर शाही, भरत बहादुर बुढा र खडक बहादुर ऐडीले बुधवार एक संयुक्त विज्ञप्ति निकाल्दै अध्यक्षको एकल निर्णय अमान्य हुने बताएका छन् ।

नेविसंघ बाजुरा–काठमाडौं सम्पर्क समितिका उम्मेद्धारहरुविच सहमति गराई नेतृत्व चयन गर्ने, सहमति हुन नसके निर्वाचन मार्फत नेतृत्व चयन गर्ने स्पष्ट निर्देशन बमोजिम प्रयास जारी रहेको थियो । तर उम्मेद्धारसँग कुनै परामर्श नगरी पार्टीको निर्देशन कुल्चेर, बहुमत सदस्यलाई जानकारी नदिई मनोमानी र गुटगत गन्ध देखिने गरी संगठन विभाजन गर्ने मनसायले अध्यक्ष मनोनित गरेको भन्दै तत्काल रोक्न खबदारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

त्यस्तै, बाजुरा–काठमाडौं सम्पर्क समिति गठन प्रयोजनार्थ गठित समिति सदस्य नै नरहेका नेविसंघ बाजुराका अध्यक्ष जनक थापाले अवैधानिक तवरबाट समिति गठन गरेको आरोप केन्द्रीय सदस्यहरुले लगाएका छन् । उनीहरुले समितिको सदस्य समेत नरहेका अध्यक्ष थापाले मनोमानी, स्वेच्छाचारी तवरले अराजक रुपमा संगठनलाई विभाजित गर्ने मनसायले गरेको अवैधानिक निर्णय गरेको विज्ञप्तिमा उल्लेख छ ।

नेविसंघ केन्द्रीय सदस्यहरुले विज्ञप्तिमार्फत आगामी दिनमा संगठनलाई बन्धक बनाउने, विभाजित गर्ने, अवैधानिक कार्य नगर्न चेतावनी समेत दिएका छन् । त्यस्तै, नेविसंघ जिल्ला अध्यक्ष थापाको अवैधानिक कार्य उपर छानविन गरी कारवाही गर्न नेविसंघ केन्द्रीय समिति र कांग्रेस बाजुरालाई माग गरेको छ । तर नेविसंघ बाजुराका अध्यक्ष थापाले भने बाजुरा–काठमाडौं सम्पर्क समिति अध्यक्षमा सिंहलाई विधान बमोजिम नै मनोनयन गरेको बताएका छन् ।

चर्चामा

सम्बन्धित समाचार