शनिबार, मंसिर २१, २०८२
  • होमपेज
  • समाचार
  • राज्य व्यवस्था समिति सभापतिको निर्वाचन ११ गते तोकियो

राज्य व्यवस्था समिति सभापतिको निर्वाचन ११ गते तोकियो

  • सोमवार, भदौ ९, २०८२
राज्य व्यवस्था समिति सभापतिको निर्वाचन ११ गते तोकियो

काठमाडौं— प्रतिनिधिसभा अन्तर्गतको राज्यव्यवस्था तथा सुशासन समितिमा रिक्त सभापति पदको निर्वाचनको मिति तय गरिएको छ ।

संसद सचिवालयद्वारा जारी सूचनाअनुसार सभामुख देवराज घिमिरेले यही भदौ ११ गते बुधबारको दिनलाई निर्वाचनको मिति तोकेका हुन् ।

निर्वाचनको मिति तय गर्नुअघि सभामुख घिमिरेले आइतबार दिनभर राजनीतिक दलसँग छलफल गरेका थिए ।

राज्य व्यवस्था समितिको सभापति पद गत साउन २८ गतेदेखि रिक्त छ । रिक्त पदमा १५ दिनभित्र निर्वाचन गरिसक्नुपर्ने व्यवस्था छ ।

निजामती सेवा विधेयकको कुलिङ पिरियडको गडबडीमा यसअघिका सभापति रामहरि खतिवडाले राजीनामा दिएका थिए ।

राज्य व्यवस्था समिति नेतृत्वबीहिन हुँदा समितिमा रहेका विधेयक भने अड्किएका छन् । समिति सचिवालयका अनुसार चार वटा विधेयक दफावार छलफलमा छ ।

चर्चामा

सम्बन्धित समाचार