शुक्रबार, मंसिर २०, २०८२
  • होमपेज
  • शिक्षा
  • बाजुरामा कक्षा १२ को ग्रेडवृद्धिमा ४ सय विद्यार्थी सहभागी हुने, मालिका मावि परीक्षा केन्द्र

बाजुरामा कक्षा १२ को ग्रेडवृद्धिमा ४ सय विद्यार्थी सहभागी हुने, मालिका मावि परीक्षा केन्द्र

  • बिहिबार, भदौ ५, २०८२
बाजुरामा कक्षा १२ को ग्रेडवृद्धिमा ४ सय विद्यार्थी सहभागी हुने, मालिका मावि परीक्षा केन्द्र

बाजुरा—बाजुराबाट कक्षा १२ को ग्रेडवृद्धि परीक्षामा ४ सय बढी विद्यार्थी सहभागी हुने भएका छन् । यस बर्ष सञ्चालित कक्षा १२ को बार्षिक परीक्षामा दुई बिषयमा एनजी ल्याएका ४ सय २९ विद्यार्थी सहभागी हुने भएका हुन् ।

शिक्षा विकास तथा समन्वय ईकाइ बाजुराले बिहीवार पूरक परीक्षामा सहभागी विद्यार्थी संख्या र परीक्षा केन्द्र समेत तोकेको छ ।
शिक्षा ईकाइ प्रमुख टिकाराम जोशीका अनुसार जिल्लाभरबाट ४ सय २९ जना विद्यार्थी ग्रेडवृद्धि परीक्षामा सामेल हुने बताए । त्यस्तै उनले कक्षा १२ को ग्रेडवृद्धि परीक्षाका लागि २ वटा परीक्षा केन्द्र तोकिएको बताए । उनकाअनुसार सदरमुकाम मार्तडीमा रहेको मालिका माविमा नै क र ख दुवै केन्द्र तोकिएका छन् ।

त्यस्तै, परीक्षा केन्द्र क मा १४ विद्यालयबाट २ सय २१ जना विद्यार्थी सहभागी हुने छन् । त्यस्तै मालिका माविकै परीक्षा केन्द्र ख मा १५ विद्यालयबाट २ सय ८ जना सहभागी हुने भएका छन् ।

कक्षा १२ को नतिजा २०८२ साउन १९ गते सार्वजनिक भएको थियो भने ग्रेडवृद्धि परीक्षा यहीँ भदौ २८ र २९ गते हुदैँ छ । ग्रेडवृद्धि परीक्षामा कम्तिमा दुई बिषयमा एनजी आएका विद्यार्थीहरुले मात्रै सहभागी हुन पाउने जनाएको छ ।

राष्ट्रिय परीक्षा बोर्डका अनुसार यस बर्ष कक्षा १२ मा ६१.१७ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् भने ३८.८३ प्रतिशत विद्यार्थी ननग्रेडेड भएका छन् ।
May be an image of ticket stub and text

चर्चामा

सम्बन्धित समाचार