
बाजुरा– हिमाली गाउँपालिका–१ अन्तर्गत बिच्छ्या खोलामा आएको आकस्मिक बाढीले स्थानीय बस्ती र खेतीयोग्य जमिनमा ठूलो क्षति पुर्याएको छ । लगातारको वर्षापछि खोलामा पानीको सतह असामान्य रूपमा बढ्दा बस्ती नजिकैको जमिन र घरहरु जोखीममा रहेको पाईएको छ ।

स्थानीय साजन थापाका अनुसार बाढीले विशेष गरी खोलाकिनारका बस्ती र खेतबारीमा क्षति पुर्याएको छ । हिमाली गाउँपालिका अध्यक्ष गोबिन्द बहादुर मल्लका अनुसार अहिलेसम्म १० ओटा घर छाना बगाएको र खेतीयोग्य जमिन धेरै क्षती भएको बताएका छन । आफु पनी सो क्षेत्रमा गईरहेको र कसको के कती क्षेती भयो भन्ने बिवरण नभएको उनले बताएका छन । बिच्छ्या खोला उर्लेर आउदा वडा न १, ३ र ५ मा क्षेती पुर्याएको उनले बताए ।

घटनापछि नेपाल प्रहरीको टोली सो क्षेत्रमा गएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ । हालसम्म कुनै मानवीय क्षति तथा अन्य क्षेतीको विवरण नआएको प्रहरीले जनाएको छ । सो क्षेत्रमा फोन नेटवर्क छैन स्थानिय कसैको पनी सर्म्पक हुन सकेको छैन ।
जिल्ला प्रशासन कार्यालय बाजुराले वर्षा अझै जारी भएकाले थप बाढी र पहिरोको जोखिम रहँदा स्थानीयलाई सतर्क रहन आग्रह गरिएको छ।



