
बाजुरा– जिल्लाकाे बुढीनन्दा नगरपालिकाले साउन शुक्ल चतुर्थीको अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरेको छ। नगर कार्यपालिकाको २०८१ साउन १९ गते बसेको बैठकले बुढीनन्दा माताको मन्दिर परिसरमा प्रत्येक वर्षको श्रावण शुक्ल चतुर्थीका दिन विशेष पूजाआजा गरिने परम्परालाई ध्यानमा राख्दै नगरपालिकाभित्रका सम्पूर्ण सरकारी कार्यालयहरूमा सार्वजनिक बिदा दिने निर्णय गरेको हो।
बुढीनन्दा नगरपालिका कार्यपालिकाकाे निर्णय अनुसार पालिका मातहतका कार्यालयहरूमा सार्वजनिक बिदा लागू हुने जनाएको छ।
