शुक्रबार, मंसिर २०, २०८२
  • होमपेज
  • बुढिनन्दा
  • तस्बिरमा बाजुराकाे बुढीनन्दा सेराेफेराे

तस्बिरमा बाजुराकाे बुढीनन्दा सेराेफेराे

  • मङ्लबार, साउन २१, २०८२
तस्बिरमा बाजुराकाे बुढीनन्दा  सेराेफेराे
तस्बिर : जिल्ला समन्वय समिति बाजुराकाे फेशबुकाबाट लिइएकाे हाे ।

बाजुरा– बुढीनन्दा’ बाजुराको ऐतिहासिक एवं पर्यटकीय महत्व बोकेको प्रसिद्ध तीर्थस्थल अर्थात् धार्मिक क्षेत्र हो । बुढीनन्दा हिमशिखरमा वरदायनी बुदीनन्दा देवी विराजमान छन् । सेती र कर्णाली क्षेत्रमा यी देवीलाई सत्यदेवीका रूपमा मान्छन् ।
May be an image of 2 people, grass and mountain

May be an image of 1 person and mountain

यो क्षेत्र बाजुराको बुढीनन्दा नगरपालिका अर्थात् समुद्र सतहबाट चार हजार ८ सय ८८ मिटर उचाइमा रहेको छ । यसको पूर्वमा रुगिन, पश्चिममा दहकोट र बझाङको भूभाग, सैपाल हिमालको दक्षिणी हिमशृङ्खला, उत्तरमा फुलैगुम्बा, सैनपाटन र दक्षिणमा कोल्टी कुरुगाड, बड्डाला, तलिगोठीलगायतका गाउँबस्ती पर्छन् । यसको वरिपरि दैवीय न्यायालयको प्रतीकका रूपमा रहेका तलिगोठी कैलाश देवता, खापर जगन्नाथ, चन्दननाथ, दत्तात्रय, खोचरनाथ, स्वामीकार्तिक, पादुका, कर्णाली नदी, रारा ताल रहेका छन् ।
May be an image of 2 people

May be an image of climbing

 यो क्षेत्र बुढीनन्दा देवीको निवासका साथै प्रकृतिको उपहारस्वरूप तेजार ताल, लङ्कारी तालले फूलको थुँगा झैँ सिँगारिएको छ । लङ्कारी तालबाट उद्गम सुनालिस्नी र रूपालिस्नी झरनाले बुढीनन्दालाई पहरा दिइरहेका छन् । खोज र अनुसन्धान नभए पनि यस क्षेत्रमा रहेका पचाल ताल विश्वमा नै अग्लो हुन सक्ने सम्भावना रहेको छ । बुढीनन्दामा हरेक वर्ष भक्तजन श्रावण शुक्ल चतुर्दशीका दिन यहाँ पुगी पूजाअर्चना गर्ने गर्छन् ।
May be an image of mountain, fog and cloud

May be an image of cloud, fog and mountain

May be an image of mountain, cloud and text

May be an image of 9 people, grass and mountain

May be an image of 6 people, people climbing, Machu Picchu and mountain

May be an image of 5 people, people climbing and mountain

 

चर्चामा

सम्बन्धित समाचार