शुक्रबार, मंसिर २०, २०८२
  • होमपेज
  • बडिमालिका
  • बडीमालिका नगरपालिकामा भोली सार्बजनिक बिदा

बडीमालिका नगरपालिकामा भोली सार्बजनिक बिदा

  • सोमवार, साउन २०, २०८२
बडीमालिका नगरपालिकामा भोली सार्बजनिक बिदा

बाजुरा– बडीमालिका नगरपालिकाले भोली अर्थात साउन २० गते सार्बजनिक बिदा दिने निर्णय गरेको छ । बडीमालिका जात्राको अवसरमा नगरपालिकाले सर्वजनिक बिदा दिने निर्णय गरेको हो ।

सोमबार एक सुचना जारी गर्दै मंगलबार बडिमालिका यात्रा शुभारम्भ हुने भएकाले नगरपालिकामा सोमबार बसेको कार्यपाालिका बैठकको निणर्य अनुसार नगरपालिकामा सार्वजनिक बिदा दिइएको नगर प्रबक्ता धर्मराज पाध्यायले बताएका छन । त्यसै गरि बडिमालिका जात्रा सकेर आउने दिनसाउन २३ गते सुक्रबारका दिन पनि सार्वजनिक बिदा दिने निर्णय गरिएको प्रबक्ता पाध्यायले बताएका छन् ।

नगरपालिका अन्तर्गतका वडा कार्यालय, स्वास्थ्य केन्द्र र सामुदायिक तथा निजि विद्यालयमा सार्वजनिक विदा दिने निणर्य भएको नगर प्रवक्ता पाध्यायले बताएका छन । बाजुरा जिल्ला र देशकै प्रमुख धार्मिक तथा पर्यटकिय क्षेत्रको धरोहर बडीमालिका मन्दिरमा यहि शुक्ल चतुर्दशीका दिन बडिमालिका मेला लाग्दैछ ।
May be an image of ticket stub and text

चर्चामा

सम्बन्धित समाचार