शुक्रबार, मंसिर २०, २०८२
  • होमपेज
  • बडिमालिका
  • बाजुराको मार्तडी कोल्टी सडक अलपत्र पारेका ठेकेदार इन्द्र बानियाँ मुख्यमन्त्री बन्दै

बाजुराको मार्तडी कोल्टी सडक अलपत्र पारेका ठेकेदार इन्द्र बानियाँ मुख्यमन्त्री बन्दै

बागमती मुख्यमन्त्रीबाट लामाले आज राजीनामा दिने, बानियाँ नयाँ मुख्यमन्त्री

  • आइतवार, साउन १९, २०८२
बाजुराको मार्तडी कोल्टी सडक अलपत्र पारेका ठेकेदार इन्द्र बानियाँ  मुख्यमन्त्री बन्दै

बाजुरा– बाजुराको मार्तडी कोल्टी सडक अलपत्र पार्ने ठेकेदार इन्द्र बानियाँ बाग्मती प्रदेशको मुख्यमन्त्री बन्ने भएका छन । मार्तडी काेल्टी सडककाे काम गर्ने जिम्मा पाएको पिएस बाँनिया निर्माण सेवा नेपाली काँग्रेसका नेता इन्द्र बहादुर बाँनियाको हो । बागमतीमा साउन १४ गते ईन्द्र बानियाँ कांग्रेस संसदीय दल नेता चयन भएका थिए। त्यतिबेला बानियाँको पक्षमा २२ सांसदले मतदान गरेका थिए। हालका मुख्यमन्त्री लामाको पक्षमा १५ सांसद खुलेका थिए भने एउटा मत बदर भएको थियो। बागमतीमा कांग्रेसका ३७ सांसद छन्। संविधानतः मुख्यमन्त्री बन्नका लागि दल नेता हुनुपर्ने प्रावधान नरहेको दाबी गर्दै लामाले दल नेता पराजित भए पनि मुख्यमन्त्रीबाट राजीनामा नदिने अडान लिएका थिए।

 पार्टी सभापति शेरबहादुर देउवाले दल नेता ईन्द्रबहादुर बानियाँ बनिसकेको अवस्थामा मुख्यमन्त्रीबाट मार्गप्रशस्त गर्नु उपयुक्त हुने सुझाव दिएका थिए।  सभापति देउवाले बानियाँलाई सोही अनुसारको निर्देशन दिएको दाबी गरेका छन्। लामाले आइतबार राजीनामा बुझाएपछि बागमतीमा कांग्रेस दल नेता चुनिएका बानियाँ मुख्यमन्त्री बन्नेछन्।

 उनी बागमती प्रदेश सभाका सदस्य तथा नेपाली काँग्रेस बागमती प्रदेश सभापति तथा मकवानपुर बासी हुन् । मार्तडी कोल्टी सडक विस्तार गर्न जिम्मा लिएको ठेकेदार बानियाकाे  कम्पनीकाे चरम लापरबाहीले सडक अलपत्र अवस्थामा रहेकाे छ । सम्बन्धित निकायले पनि त्यसको निरीक्षण र नियमन गर्न सकेको देखिदैन् । नागरिकको आधारभूत आवश्यकतासँग जोडिएको यातायात सेवा राज्यका निकायबाटै वेवास्ता भएको स्थानियको दुखेसो रहेको छ ।

काम गर्ने जिम्मा पाएको पिएस बाँनिया निर्माण सेवाले करिव डेढ करोडको मात्र काम गरेको पुर्वाधार विकास कार्यालय अछामले जनाएकाे छ  । ठेकेदारले काम नगरेपछि झण्डै १३ करोड ५० लाख फिर्ता हुने भएको पाइएकाे छ । आर्थिक बर्ष ०६७।०७७ मा (२०७७ असार) २६ किलोमिटर सडक कालोपत्रे गर्ने गरी असारमा सम्झौता भएपनि काम भने सुुरु भएको थियो ।

निर्माण कम्पनीले ५० करोड १७ लाखमा ठेक्का पाएर असारमा सम्झौता गरेको थियो । सम्झौताका बेला ३ बर्षमा काम सम्पन्न गर्ने रहेको थियो । तीन बर्षमा काम नसकेपछि कार्यालयले फेरि १ पटक म्याद थप गरेको थियो । म्याद थप गरेपनि यो आर्थिक बर्ष भने पैसा भएपनि ठेकेदारले काम नगरेर रकम फिर्ता हुन लागेको पुर्वाधार कार्यलय अछामले जनाएकाे  छ ।
कार्यालयले २६ किलोमिटर कालोपत्रेका लागि ९८ करोडको टेण्डर गरेको थियो । पिएस बाँनिया निर्माण सेवाले ५० करोड १७ लाखमा ठेक्का पाएर २०७७ असारमा सम्झौता गरेको थियो । उक्त सडकमा ५० प्रतिशत मात्र काम भएको कार्यालयले जनाएको छ । ठेकेदारले समयमै काम नगर्दा बर्षातमा मार्तडी कोल्टी सडक बन्द हुने गरेको स्थानियले बताएका छन् ।

मार्तडी कोल्टी सडक खण्ड जम्मा ४१ किलोमिटर रहेको छ । यो सडक प्रदेश सरकारको बहुबर्षिय योजनामा रहेको छ । यो सडकको २६ किलोमिटर बाहेक मार्तडी देखि ढम्कने सम्म १५ किलोमिटर रहेको छ । १५ किलोमिटर कालोपत्रेका लागि ५८ करोड बिनियोजन भएको थियो । पहिलो मार्तडी देखि चुथि सम्म ९ किलोमिटरको धेरै काम भइसकेको छ । चुथि देखि ढम्कने ६ किलोमिटर कालोपत्रेको काम धेरै बाँकी रहेको छ । समपुरक अनुदानको बजेटबाट यो सडकको रकम ५० प्रतिशत संघ र ५० प्रतिशत प्रदेश सरकारको रहेको छ ।

उनीहरुले हरेक बर्षातमा यातायातबाट वञ्चित हुनुपर्ने अवस्था छ भने पैदल यात्रा समेत कष्टपूर्ण हुने गरेको छ । हरेक बर्ष बर्षातमा ४ महिना पूर्ण रुपमा सडकखण्ड अवरुद्ध हुदैँ आए पनि यस समस्याको दिगो समाधानका लागि सम्बन्धित निकाय र नेतृत्व बेखबर बनेको स्थानीयहरुको आरोप छ ।

चर्चामा

सम्बन्धित समाचार