शुक्रबार, मंसिर २०, २०८२
  • होमपेज
  • समाज
  • बाजुराको बुढीनन्दामा भिरबाट लडेर वृद्धको मृत्यु

बाजुराको बुढीनन्दामा भिरबाट लडेर वृद्धको मृत्यु

  • बुधबार, साउन १५, २०८२
बाजुराको बुढीनन्दामा भिरबाट लडेर वृद्धको मृत्यु

बाजुरा—बाजुराको बुढीनन्दामा भिरबाट लडेर एक वृद्धको मृत्यु भएको छ । मृत्यु हुने बुढीनन्दा नगरपालिका–१ जमसाल बस्ने अन्दाजी ६१ वर्षीय मनिचन्द्र खत्री रहेका छन् ।

मंगलवार दिउँसो उनी घाँस काट्न टाले बिस्न लेकमा गएका थिए । साँझ अबेरसम्म पनि घर नफर्किएपछि आफन्तले खोजतलास गर्दै जाँदा साेही ठाउँकाे माङ्लेगौडा भिरबाट अन्दाजी एक सय मिटर तल खसेर घाइते अवस्थामा फेला परेका थिए ।

लडेर गम्भीर घाइते भएका खत्रीलाई उपचारका लागि साँझ कोल्टी अस्पतालमा ल्याइएको थियो । उनको उपचारका क्रममा राति एक बजेको समयमा चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।

चर्चामा

सम्बन्धित समाचार