शुक्रबार, मंसिर २०, २०८२
  • होमपेज
  • बडिमालिका
  • राष्ट्रिय जनसांस्कृतिक महासंघ बडीमालिका नगर कमिटी अध्यक्षमा बसन्त विक चयन

राष्ट्रिय जनसांस्कृतिक महासंघ बडीमालिका नगर कमिटी अध्यक्षमा बसन्त विक चयन

  • शनिबार, साउन ११, २०८२
राष्ट्रिय जनसांस्कृतिक महासंघ बडीमालिका नगर कमिटी अध्यक्षमा बसन्त विक चयन

बाजुरा—नेकपा एमालेकाे जनवर्गीय संगठन राष्ट्रिय जनसांस्कृतिक महासंघ बडीमालिका नगर कमिटीको अध्यक्षमा बसन्त विक चयन भएका छन् । शनिवार सदरमुकाम मार्तडीमा सम्पन्न प्रथम नगर अधिवेशनबाट विकको अध्यक्षतामा सर्वसम्मत कमिटी चयन भएको हो ।

त्यस्तै नगर कमिटी उपाध्यक्षमा निर्मला थापा, ईश्वरा ऐडी, सचिवमा सुमन विक, कोषाध्यक्षमा शर्मिला ऐडी र सहसचिवमा गोपाल सार्की, दिनेस रावल चयन भएका छन् । त्यस्तै सदस्यमा शेर बहादुर उखेडा, सुनिता रावल, सुदिप विक र सुरेन्द्र दानी सर्वसम्मत चयन भएको जनाएको छ ।

नगर कमिटीमा सर्वसम्मत चयन भएका पदाधिकारीहरुले सपथ ग्रहण गर्दै संगठनको कामका साथै संगठनलाई मजबुद र बलियो बनाउन लागि पर्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।

राष्ट्रिय जनसांस्कृतिक महासंघ बाजुराका अध्यक्ष धिरेन विकको अध्यक्षतामा सञ्चालन भएको नगर कमिटी अधिवेशन उद्घाटन कार्यक्रममा प्रमुख अतिथि नेकपा एमाले सुदूरपश्चिम प्रदेश सचिवालय सदस्य गगन रावल रहेका थिए ।

त्यस्तै कार्यक्रममा पार्टी प्रदेश कमिटी सदस्य सिता बराल, जिल्ला कमिटी सदस्य दुर्गा थापा, माया खड्का, बडीमालिका नगर कमिटी अध्यक्ष राजेश पायल विक लगायतको सहभागीता रहेको थियो ।

चर्चामा

सम्बन्धित समाचार