शुक्रबार, मंसिर २०, २०८२
  • होमपेज
  • समाज
  • जीप दुर्घटनाः ७ जना गम्भिर घाइतेको हेलिकप्टरमार्फत उद्धार, अन्यको कोल्टीमा उपचार हुदैँ

जीप दुर्घटनाः ७ जना गम्भिर घाइतेको हेलिकप्टरमार्फत उद्धार, अन्यको कोल्टीमा उपचार हुदैँ

  • बिहिबार, साउन ९, २०८२
जीप दुर्घटनाः ७ जना गम्भिर घाइतेको हेलिकप्टरमार्फत उद्धार, अन्यको कोल्टीमा उपचार हुदैँ
तस्विर नेपाली सेना

बाजुरा—बाजुराको हिमाली गाउँपालिकामा जीप दुर्घटनामा परी गम्भिर घाइते भएका ७ जनलाई हेलिकप्टरमार्फत उद्धार गरिएको छ । जिल्ला प्रशासन कार्यालय र पर्यटन मन्त्रालयको पहलमा गृह मन्त्रालयबाट नेपाली सेनाको हेलिकप्टरमार्फत उद्धार गरिएको हो ।

बाजुराका सहायक प्रमुख जिल्ला अधिकारी शितल रावलले घाइतेहरुलाई एकैपटक सम्भव नभएरपछि दुई पटक गरेर ७ जनाको उद्धार गरिएको बताएका छन् । उनका अनुसार गम्भिर घाइते ७ जनालाई हेलिकप्टरमार्फत सुर्खेत पठाइएको छ । जसमा घाइते चालक गौरी बुढा, बाजधन रोकाया, राम बहादुर बुढथापा र सुरेन्द्र शाहीलाई पहिलो पटक उद्धार गरिएको थियो । त्यस्तै ३ जनालाई दोस्रो पटक हेलिकप्टरमार्फत पठाइएको छ । उनीहरुको सुर्खेत प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ ।

त्यस्तै अन्य घाइते ९ जनालाई हिमाली गाउँपालिकाको एम्वुलेन्सबाट ल्याएर कोल्टी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

बिहीवार बिहान वडा नम्बर ५ किउडीबाट धुलाचौर आउँदै गरेको जीप दर्घटना भएको थियो । हिमाली गाउँपालिका २ बस्ने अन्दाजी २२ बर्षका गौरी बुढाले चलाएको बा प्र.०३००१ज ०३३८ नम्बरको जीप कच्ची साघुँरो सडकमा अनियन्त्रित भएर दुर्घटनामा परेको हो ।

दुर्घटनामा परी तीन जनाको घटनास्थलमै मृत्यु भएको छ भने चालक सहित १६ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ । सामाजिक सुरक्षा भत्ता नविकरणका लागि वडा आउन लागेका उनीहरु जीप दुर्घटनामा परेका हुन् ।

चर्चामा

सम्बन्धित समाचार