शुक्रबार, मंसिर २०, २०८२
  • होमपेज
  • बडिमालिका
  • मानव अधिकार एलायन्स बाजुराले स्थापना दिवसको अवसरमा बिरामीलाई फलफुल बितरण

मानव अधिकार एलायन्स बाजुराले स्थापना दिवसको अवसरमा बिरामीलाई फलफुल बितरण

  • आइतवार, असार २९, २०८२
मानव अधिकार एलायन्स बाजुराले स्थापना दिवसको अवसरमा बिरामीलाई फलफुल बितरण

बाजुरा– मानव अधिकार एलायन्स बाजुरा जिल्ला कमिटिले आफ्‌नो स्थापना दिवसको अवसरमा जिल्ला अस्पताल बाजुराका बिरामीलाई फलफुल बितरण गरेको छ । एलयन्सले आफ्‌नो २६ औँ स्थापना दिवसको अवसरमा सो कार्यक्रमको आयोजना गरेको हो ।
मानव अधिकार एलायन्स को २६ औँ स्थापना दिवसको अवसरमा जिल्ला अस्पताल बाजुरामा रहेका विरामिहरूलाई फलफुल वितरण गरि मनाईएको एलायन्सका अध्यक्ष सन्तोष विकले बताएका छन । मानव अधिकार एलायन्स बाजुरा जिल्ला कमिटिको आयोजनामा गरिएको फलफुल बितरण कार्यक्रममा नेकपा एमाले जिल्ला कमिटि सचिव काँसी वि क, बडीमालिका नगरपालिकाका नगर प्रमुख अमर खड्का, जिल्ला कमिटि सदस्य तुलाराम जोशि, दिल थापा भोटे, युवा संघ सचिव विष्णु कार्की
नगर कमिटि उपाध्यक्ष तथा एलायन्स सचिव सरिता दास नेपाली खेलकुद महासंघ अध्यक्ष धन बहादुर रोकाया लगायत महासंघका सम्पुर्ण पदाधिकारीको उपस्थित रहेको थियो ।

चर्चामा

सम्बन्धित समाचार