सोमवार, मंसिर ३०, २०८२
  • होमपेज
  • स्वास्थ्य तथा जीवनशैली
  • जिल्ला अस्पताल बाजुरामा ओपीडी सेवा बन्द

जिल्ला अस्पताल बाजुरामा ओपीडी सेवा बन्द

  • सोमवार, असार २३, २०८२
जिल्ला अस्पताल बाजुरामा ओपीडी सेवा बन्द

बाजुरा—बाजुरा जिल्ला अस्पतालमा ओ.पी.डी. सेवा बन्द भएको छ । जिल्ला अस्पतालले एक सूचना जारी गर्दै नेपाल चिकित्सक संघको निर्णय बमोजिम सोमवार ओ.पी.डी. सेवा भन्द भएको जनाएको छ ।

जिल्ला अस्पतालका प्रमुख डाक्टर चन्द्र शेखर यादवले उपभोक्ता अदालतको निर्णय विरुद्ध चिकित्सक संघले देशभर आन्दोलन गरी रहेको भन्दै जिल्ला अस्पतालमा सो सेवा बन्द भएको बताए ।

उपभोक्ता अदालतले चिकित्सकीय अभ्यास सम्बन्धी पछिल्ला मुद्दामा सुनाएको फैसलाले नेपाल मेडिकल काउन्सिलको क्षेत्राधिकारमाथि हस्तक्षेप भएको भन्दै नेपाल चिकित्सक संघले आज देशभर आकस्मिक बाहेकका सेवा बन्द गरेको छ ।

देशभरका चिकित्सक तथा स्वास्थ्यकर्मीहरूलाई असार १७ गतेदेखि कालोपट्टी बाँधेर सेवा दिन आह्वान गरेको संघले आज आकस्मिक बाहेकका सेवा रोकेको जनाएको छ ।

केही साता यता उपभोक्ता अदालतले उपचारमा लापरवाही गरेको मुद्दामा बिरामीका आफन्तको पक्षमा फैसला गरेको थियो । उपभोक्ता अदालतले ओम अस्पतालले ५० लाख ७० हजार, हिमाल अस्पताल र उपचारमा सम्लग्न चिकित्सकले १ करोड ४५ लाख रुपैयाँ र ग्राण्डी सिटी अस्पताल र त्यहाँ उपचारमा कार्यरत चिकित्सकले ५७ लाख रुपैयाँ क्षतिपूर्ति बिरामी पक्षका परिवारलाई तिर्नुपर्ने फैसला गरेको थियो ।

चर्चामा

सम्बन्धित समाचार