शुक्रबार, मंसिर २०, २०८२
  • होमपेज
  • बुढीगंगा
  • वडा अध्यक्षद्वारा ओजेटी हाजिरी प्रमाणिकरण अस्वीकार, वडा सचिब सम्पर्कविहीन

वडा अध्यक्षद्वारा ओजेटी हाजिरी प्रमाणिकरण अस्वीकार, वडा सचिब सम्पर्कविहीन

  • आइतवार, असार १५, २०८२
वडा अध्यक्षद्वारा ओजेटी हाजिरी प्रमाणिकरण अस्वीकार, वडा सचिब सम्पर्कविहीन

बुढीगंगा नगरपालिका वडा नं ५ मा अवस्थित  भानोदय मा.वि.मा कक्षा ९ देखि १२ सम्म पढाइ हुने पशु विज्ञान विषय अन्तर्गत तीन महिने ओजेटी (On the Job Training) तालिम सकेका विद्यार्थी गाैरव विष्ट प्रमाणिकरणका लागि वडा कार्यालय पुगेका थिए। तर, वडा नं. ७ का अध्यक्ष भूवन केसीले प्रमाणित गर्न अस्वीकार गरेका छन् ।

विद्यालय तथा बुढीगंगा नगरपालिकाको संयुक्त समन्वय मा उनलाई ओजेटी गर्न वडा नं ७ मा सिफारिस गरेका थिए।वडा कार्यालय पुगेका विष्टले आफैंले तालिम गरेको वडामा प्रमाणिकरण नपाउँदा आफू अन्यायमा परेको बताएका छन्। “सवै प्रक्रिया पूरा गरेर प्रमाणिकरणको लागि पुगेकाे उनि बताउछन ।

विष्टका अनुसार ओजेटी सकिएपछि हाजिरी प्रमाणित गराउन वडा कार्यालय पुगेको थिए। तर वडा अध्यक्षले कुनै स्पष्ट कारण नदेखाई प्रमाणित गर्न नमानेकाे उनकाे भनाइ रहेकाे छ । प्रमाणिकरणका लागि आवश्यक हस्ताक्षर गर्ने वडा सचिव समेत कार्यालयमा अनुपस्थित थिए। “सचिवलाई पटक–पटक फोन गरेँ, तर फोनसमेत उठाएनन्,” उनले बताए । अर्कोतर्फ, वडा सचिव कार्यालयमा अनुपस्थित थिए र फोन सम्पर्क गर्दा समेत फोन उठेन । “वडा सचिवको जिम्मेवारी वडा कार्यालयमा बसेर सेवा दिनु हो, तर सचिव नै थिएनन्,” बिध्यार्थी बिष्टले बताए ।

साे बिषयमा विद्यार्थी, अभिभावकले वडा कार्यालयको गैरजिम्मेवारी र असंवेदनशील व्यवहार प्रति आक्रोश व्यक्त गरेका छन्। उनीहरूले विद्यार्थीका हकहितको रक्षा गर्न र तत्काल प्रमाणिकरण प्रक्रिया सहज बनाउन माग गरेका छन्।

चर्चामा

सम्बन्धित समाचार