शुक्रबार, मंसिर २०, २०८२
  • होमपेज
  • राजनीति
  • रास्वपा महामन्त्रीको जिम्मेवारी कवीन्द्र वुर्लाकोटीलाई, मनिष झा प्रवक्ता

रास्वपा महामन्त्रीको जिम्मेवारी कवीन्द्र वुर्लाकोटीलाई, मनिष झा प्रवक्ता

  • शनिबार, असार ७, २०८२
रास्वपा महामन्त्रीको जिम्मेवारी कवीन्द्र वुर्लाकोटीलाई, मनिष झा प्रवक्ता

काठमाडौँ — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले महामन्त्रीको जिम्मेवारी कवीन्द्र बुर्लाकोटीलाई दिएको छ । तेस्रो स्थापना दिवसको उपलक्ष्यमा आज बसेको केन्द्रीय समिति बैठकले कार्यवाहक महामन्त्री वुर्लाकोटीलाई कार्यवाहकबाट हटाएर महामन्त्री बनाएको प्रवक्ता मनिष झाले बताए ।

निर्वाचन आयोगले रास्वपाका संस्थापक महामन्त्री डा मुकुल ढकाललाई महामन्त्रीमै रहेको पत्र दिएको भोलिपल्ट रास्वपाले केन्द्रीय समिति बैठकबाट यस्तो निर्णय गरेको हो ।

त्यस्तै कार्यवाहक प्रवक्ताबाट मनिष झालाई प्रवक्ताको जिम्मेवारी दिने निर्णय बैठकले गरेको छ । पार्टीले आज विभिन्न कार्यक्रमको साथ स्थापना दिवस मनाइरहेको छ ।

चर्चामा

सम्बन्धित समाचार